Skip to main content

Sacho Khabar

सामान निकाल्न खोज्दा आमाछारीको पहिरोमा पुरीएर मृत्यु

धनकुटा।। १२ असोज।। पाख्रिवासमा पहिरोले घर बगाउदा आमाछोरीको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका वडा नं. ५ गुराँसे डाँडाको ३५ वर्षीया आशा तामाङ र उनकी आमा करीब ५० वर्षीया रामकुमारी तामाङको मृत्यु  भएको हो।

बिहान करीब साढे ३ बजे तिर घर बगाउन लागेपछि घरमा रहेको सामान निकाल्न गएका आमाछारीको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए।

यता धनकुटाको छथर जोरपाटी गाँउपालिका ६ सिधुवामा पहिरोले गोठ पुर्दा १० भन्दा बढी चौपाया पुरेको वडाध्यक्ष दीपक गुरुङले जानकारी दिए। उनका अनुसार सिधुवा बजार पछाडिबाट गएको पहिरोको कारण बजारका केही घर समेत जोखिममा परेका छन्।

यस्तै निरन्तरको वर्षाले चौविसे गाउँपालिकामा छरुवा खोलामा आएको बाढीले पुल जोखिममा परेको छ भने तमोर करिडोर सडक निर्माणमा रहेको स्काभेटर पुरेको छ। यसैगरी बाढीले टिपर, जेनेरेटर बगाएको छ। रौता कन्ट्रक्सनको क्रसरमा बाढी पसेर मट्टीतेलको ट्यांकर पुरेको छ। भण्डारण गरेको अलकत्र बगाएको स्थानीय रोशन भण्डारीले बताए।

निरन्तरको वर्षाको कारण तमोर करिडोर सडक बिहीबारदेखि र भेडेटार रवि राँके सडक शुक्रबारदेखि अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...