Skip to main content

Sacho Khabar

डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

बिर्तामोड, २८ भदौ : बिर्तामोड नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।
नगरपालिकाको सभाहलमा आज (शुक्रबार) स्वास्थ्य कार्यालय झापा र सहारा नेपाल विश्वास परियोजनाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले संक्रमण नियन्त्रणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट जुट्नु पर्ने बताउनु भयो । वडा कार्यालय तथा टोलविकास संस्थाहरुसंगको समन्वयमा जनचेतनामुलक, रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई तत्काल अघि बढाइने बताउनु भयो ।

बिर्तामोडमा डेंगु संक्रमितको संख्या ९८ जना पुगेको छ ।यसमध्ये वडा नम्बर ४ का एक बालकको मृत्यु भएको स्वास्थ्य शाखा बिर्तामोडका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालले डेंगुको महामारी अघिल्लो वर्षको तुलनामा यस वर्ष कमी आएको बताउनु भयो । उहाँका अनुसार झापामा १ सय ४७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये बिर्तामोड र दमकमा बढी छ ।

कार्यक्रममा इन्सेफ्लाइटिसको जोखिमका विषयमा पनि जानकारी गराईएको छ ।स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकका अनुसार झापामा ४ जनामा इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ ।जसमध्ये मेचीनगरका १ जनाको मृत्यु भइसकेको छ ।
डेंगु परिक्षणमा ६ सय रुपैयाँ भन्दा बढि शुल्क लिन नपाइने भएकोले नगरपालिकाले सबै स्वास्थ्य संस्थाहरुलाई सचेतसमेत गराएको छ ।

अभिमुखिकरण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, उपसचिब तिलचन भण्डारी, नगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुनिल अधिकारी, सञ्जीवनी हार्ट हस्पिटलका डा. सि.पी यादब, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत विर्तामोड उद्योग वाणिज्य संघ, बिर्तामोडका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...