Skip to main content

Sacho Khabar

जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग

 

बिर्तामोड । झापाका दलित अधिकारकर्मीहरुले जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै दलित संघ संगठनहरुको तर्फबाट सहभागी अधिकारकर्मीले जातको आधारमा विभेद गर्नेलाई उन्मुक्ति दिन नहुने बताएका हुन् ।

गत भदौ १२ गते बुद्धशान्ति १ होक्सेका बलबहादुर खातीलाई स्थानीय चित्रबहादुर श्रेष्ठ र पुष्पलाल घिमिरेले छुवाछूत तथा भेदभावपूर्ण व्यवहार गरेको मुक्ति समाजका नेता सोमनाथ पोर्तेलले बताए । ‘बले कामीको अनुहार हेरेर लोधर लाग्यो’ भन्र्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो । चित्र श्रेष्ठको नामबाट फेसबुकमा पोष्ट गरिएको भिडियोले समग्र दलित समुदायमाथि विभेद गरेको भन्दै जातीय विभेद गर्नेहरुलाई कानुनी कारबाहीको माग गरिएको छ ।

उक्त भिडियो बनाउनेहरुलाई कारबाहीका लागि जाहेरी दिँदा समेत इलाका प्रहरी कार्यालय धुलावारीले नदिएको पोर्तेलको भनाई छ । प्रहरी र सामाजिक अगुवाहरुले माफी मिनाहा दिनका लागि दबाब दिएको भन्दै दलित संघ संगठनका अगुवाहरुले पत्रकार सम्मेलनमार्फत खबरदारी गरेका हुन् । अभियुक्त मध्येका घिमिरेले ‘एका बिहानै बले कामीलाई देखेर लोधर लाग्यो’ भन्ने अभिव्यक्ति दिएको र सो घटनालाई श्रेष्ठले भिडियो बनाई सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेकोले उनीहरुलाई कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।

२६ गते अभियुक्तको पक्षमा भेला भएका राजनीतिक दलका प्रतिनिधी तथा सामाजिक अगुवाहरुले कानुनी कारबाही प्रक्रिया अगाडी बढाउँदा सामाजिक सद्भाव भड्कने भन्दै मिलापत्र गर्न दबाब दिएको पूर्व जिसस प्रमुख समेत रहेका दलित अगुवा पोर्तेलले बताए । प्रहरीले अभियुक्तहरुलाई घटना भएको क्षेत्र इलाम भएको भन्दै इलाका प्रहरी कार्यालय पशुपतिनगरमा पठाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...