Skip to main content

Sacho Khabar

बिर्तामोडको भद्रपुर सडक खण्डमा वृक्षारोप

 

बिर्तामोड, २४ भदौ : बिर्तामोडको भद्रपुर सडक खण्डमा वृक्षारोपण गरिएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा आज (सोमबार) सडकको दुवै तर्फ फूलका विरुवा रोपिएको हो ।बिर्तामोडलाई हरित नगर बनाउने उदेश्यकासाथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा ४ सय फुलका विरुवा तारजालीसहित व्यवस्थित तवरले
रोपिएको छ।
बिर्तामोड नगरपालिका र वडाहरुको सक्रियतामा यस अघि पनि भद्रपुर रोड, बिर्ताबजार लगायत आसपासका क्षेत्रमा वृक्षारोपण गरीएको थियो । सडकको बिच भागमा रहेको डिभाइडर लगायत कतिपय स्थानमा रोपेका फूलका विरुवाहरु भने हुर्कीसकेका छन् ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले आ-आफ्नो टोल, क्षेत्रमा विरुवा रोप्न सबैलाई आग्रह गर्नु भयो । उहाँले शहरी सौन्दर्यताका साथै वातावरण सन्तुलन कायम राख्नको लागि पनि वृक्षारोपण आवश्यकता रहेको बताउनु भयो । रोपेका विरुवा हुर्काउने जिम्मेवारी नागरिकको पनि रहेकोले रेखदेख गर्न स्थानीयलाई आग्रह गर्नु भयो ।
हुर्कीसकेका विरुवा उखेल्ने, हाँगा भाँच्ने लगायतका क्रियाकलाप हुनेगरेको पाईएकोले यसो नगर्नसमेत आव्हान गर्नु भयो ।

वृक्षारोपण कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराई, ईन्चार्ज अम्बिर लिङदेन, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी प्रकाश विष्ट, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, जनप्रतिनिधिलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...