Sacho Khabar

आमासँगै हराएका दुई नाबालिकाको सब केराबारीमा फेला, आमा अझै बेपत्ता

 

विराटनगर : मोरङको सुन्दरहरैँचामा शनिबार दिउँसो एकै घरका २ नाबालिकाको शव भेटिएको छ।

सुन्दरहरैँचा  नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र दिउँसो ४:३० बजेतिर नाबालिकाहरु मृत फेला परेका हुन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की मृत फेला परेको जानकारी दिए।

अर्जुनकी पत्नी (श्रीमती) २९ वर्षीया अस्मिता न्यौपाने सम्पर्कविहीन छन्। केराघारीभित्र २ बालिका मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन केही समययता पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अर्जुनले नजिकै नयाँ घर पनि बनाउँदै थिए।  उनीसँग शुक्रबार साँझ पत्नी अस्मिताको विवाद भएको प्रहरीले पत्ता लगाएको छ।

पतिसँग विवाद भएपछि नाबालिका छोरीहरुलाई लिएर राति ८:३० बजेतिर अस्मिता हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी बस्नेतले बताए। दुवै नाबालिकाको शव अँगालो मारेको अवस्थामा भोलिपल्ट फेला परेको छ। दिदी आयिकाले बाहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको हो। सम्पर्कविहीन रहेकी आमा अस्मिताको खोजी तीव्र पारिएको डीएसपी बस्नेतले दिए। घटनाको प्रकृति हेर्दा दुवै बालिकालाई विष खुवाएर मारेजस्तो देखिने उनले बताए।

उनका अनुसार बालिकाको शव फेला परेको स्थाननजिकै कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको छ। ‘बाहिरी चोटपटक देखिएको छैन। घटनास्थलमा ‘मेटासिट’को बट्टा फेला परेको छ,’ बस्नेतले भने, ‘दिदीले बहिनीलाई अँगालो मारेको अवस्थामा शव भेटिएको हो। घटनास्थलको प्रकृति हेर्दा विष खुवाएर हत्या गरेजस्तो देखिन्छ।’ छोरीहरुलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्यपि, अनुसन्धानपछि र आमा फेला परेपछि वास्तविकता पत्ता लाग्ने बस्नेत बताउँछन्।

बालिकाका बुवा अर्जुन प्रहरीको सम्पर्कमै छन्। प्रहरीका अनुसार निर्माणाधीन घरमा पानी लगाउने विषयलाई लिएर पति–पत्नीबीच विवाद भएको पाइएको छ। ‘आफूसँग विवाद भएपछि २ नाबालिका छोरी लिएर पत्नी हिँडेको भनेर अर्जुनले भनेका छन्। नाबालिकाहरु अहिले मृत फेला परेका हुन्,’ प्रहरी स्रोतले भन्यो, ‘यसअघि पनि पतिसँग विवाद हुँदा अस्मिताले नानीहरु लिएर हिँड्ने र पुन: फर्किएर आउने गरेको पाइयो। वास्तविकता पत्ता लगाउन घटनाको अनुसन्धान सुरु गरिएको छ।’

घटनाको जानकारी पाउनसाथ थप अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं घटनास्थल पुगेका छन्। कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी प्रहरीले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...