Skip to main content

Sacho Khabar

नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना, पाँच गम्भीर घाइते

एजेन्सी : नेपाली तीर्थयात्री बोकेको बस  बिहारको समस्तीपुरमा आज बिहान दुर्घटनामा  परेको  छ।

नेपालको बारा जिल्लाबाट नेपाली तीर्थयात्री लिएर  भारतको झारखण्ड राज्यमा अवस्थित बाबाधाम देवघरको लागि हिँडेको नेपाली तीर्थयात्रीहरु चढेको बस आइतबार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ।

तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको थियो। बसमा ४३ जना सवार रहेकामा अधिकांश घाइते भएको  प्रहरिले जनाएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनालगत्तै मुसरीघरारी थानाबाट पुगेको प्रहरीले घाइतेहरूलाई अस्पताल पुर्‍याएका थिए। भारतीय प्रहरीका अनुसार घाइतेहरूमध्ये २० जनालाई सदर अस्पतालमा भर्ना गरिएको छ। उनीहरू सबैको परिचय खुलिसकेको छ।

अस्पतालमा उपचाररत घाइतेहरूमा बाराकै मुक्तिपलियाका गीता देवी, सीमाकुमारी विश्वानाथ मुखिया, शोभा कुमारी, राजेश्वरप्रसाद साह, मुस्कान साह, फेकन मुखिया, सियापति देवी, लक्ष्मी झा, रवीन्द्र कुमार रामेश्वर साह, सुबोधप्रसाद झा, लक्ष्मण मुखिया, सुमन मिश्रा, काजलकुमारी, किशोरी साह, उषा देवीलगायत छन्।

तीर्थयात्रीहरू सबै बारा जिल्लाका रहेका छ्न्। सडकमा पल्टिएको बसलाई क्रेन लगाएर सिधा बनाइएको थियो। बस र ट्रक दुवैका चालकहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको त्यहाँको प्रहरीले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...