Skip to main content

Sacho Khabar

बिर्तामोडस्थित हर्कलाल मार्ग स्तरोन्नति गरिदै

 

बिर्तामोड, ३० साउन ।।बिर्तामोड नगरपालिकाको हर्कलाल मार्ग स्तरोन्नति गर्ने कार्यलाई अघि बढाईएको छ । गएको आर्थिक वर्षमा गरेर बाँकी रहेको भागमा स्तरोन्नति कार्यलाई अघि बढाइएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्बन्धित कार्यालयका ईन्जिनियर सहित सडक अनुगमन गर्नु भएको छ । उहाँले सघन शहरी विकास कार्यालयको १ करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड ७१ लाख रुपैयाँ गरी जम्मा ३ करोड २१ लाख रुपैयाँको बजेटमा सडक स्तरोन्नति गर्न लागिएको जानकारी दिनु भयो । नगर प्रमुख प्रसाईले संघ, प्रदेश र नगरको बजेटमा प्राथमिकताको आधारमा सडक स्तरोन्नति गर्ने कार्य धमाधम भईरहेको बताउनु भयो।

आनन्दचोकसम्मको १ हजार ५६ मिटर सडक गएको आर्थिक वर्षमा नै स्तरोन्नति भइसकेको छ । पुर्वाधार विकास कार्यालयको ४ करोड ६१ लाख ४१ हजार रुपैयाँ (भ्याटसहित) को लागतमा स्तरोन्नति गरीएको हो ।

सडक डिभिजन कार्यालय दमकका इन्जिनियर किरण श्रेष्ठले अहिले लागत स्टिमेटकार्य धमाधम भईरहेकोले भदौको पहिलो हप्तासम्ममा ठेक्का लगाउने जानकारी दिनुभयो । हर्कलाल मार्गको अब करिब २ किलोमिटर सडक ड्रेन सहितको स्तरोन्नति कार्य बाँकी छ ।

वडा नम्बर ४ का वडाअध्यक्ष राहुल कुमार शर्माले सडक स्तरोन्नति भएपछि भत्किएको सडकमा वर्षौदेखि यात्रा गरीरहेका स्थानीयलाई राहत मिल्ने बताउनु भयो । उहाँले सडक निर्माणका क्रममा आवश्यक सहजीकरण गर्न स्थानीय उपभोक्ताहरुलाई आग्रह गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...