Skip to main content

Sacho Khabar

बालिकामाथि यौन दुर्ववहार अभियोगमा देवी माविका सुरक्षा गार्ड पक्राउ

 

बिर्तामोड साउन १५ ।। झापाको बिर्तामोडस्थित देवी माविका सुरक्षा गार्ड बालिकामाथि यौन दुर्ववहार अभियोगमा पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार जिल्लामै प्रतिष्ठित देवी माविका सुरक्षा गार्ड करिब ७० वर्षीय तेजबहादुर पान्डे बालिका यौन दुर्व्यवहार अभियोगमा गत बुधबार पक्राउ परेका हुन् ।

बिर्तामोड ४ निवासी पान्डे पूर्वप्रहरी पनि हुन् । कराते खेल्न आएकी बिर्तामोड ६ की ९ वर्षीया बालिकालाई विद्यालय परिसरमै यौनजन्य हिंसा भएको भन्दै बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीकै आधारमा उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक अम्विका श्रेष्ठले स्कुल परिसरको सीसी क्यामेरा पहुँच क्षेत्र अवलोकन गर्दा बालिकामाथि दुर्व्यवहार भएको नपाइएको दाबी गरिन्। । बालिकालाई कराते सिकाउने प्रशिक्षक मीना पाठक उप्रेतीले बालिकाले आफूमाथि यौन हिंसा भएको कुरा अभिभावकलाई बताएको र त्यही आधारमा प्रहरीमा जाहेरी दिइएको जनाइन् । उनले भनिन्, ‘बालिकामाथि जघन्य अपराध भएको छ, दोषीलाई कारबाही हुनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...