Sacho Khabar

कनकाई नगरले किन्यो विद्युतीय गाडी

सुरुङ्गा साउन १५।।    झापाको कनकाई नगरपालिकाले विद्युतीय गाडी खरीद गरेको छ ।

कामको सिलसिलामा भाडाको गाडी प्रयोग गर्दै आएको नगरपालिकाले सोको अन्त्यका लागि गाडी खरीद गरेको हो । इन्धन खपतमा न्यूनीकरण गर्ने र विद्युतीय गाडीको प्रबद्धन गर्ने सरकारी योजना अनुरुप नै नगरले विद्युतीय गाडी खरीद गरेको नगरपालिकाले जनाएको छ ।

नगरको कामका लागि गाडी अपुग भएर भाडामा ल्याउनु पर्ने भएपछि त्यसको अन्त्यका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको करिब ७ वर्षपछि पहिलो पटक सानो विद्युतीय गाडी किनिएको नगरका रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालले बताउनुभयो ।

आर्थिक वर्षको सुरुवाति चरणमा गाडी नचाहिने भए पनि आर्थिक वर्षको अन्त्यतिर २–३ महिनामा विभिन्न योजनाका कामको अनुगमनका साथै अन्य विविध कामका लागि गाडीको अपुग भएपछि गाडी खरीद गरिएको आचार्यले बताउनुभयो ।

यसअघि नगरमा २ वटा गाडी भएपनि उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीलाई पनि नगरकै कामका लागि गाडी नै आवश्यकता अनुसार प्रयोग गर्दै आइएको छ भने नगर प्रमुखले व्यक्तिगत गाडी प्रयोग गर्दै आएका छन ।

हाल नगरको नाममा जनप्रतिनिधि र कर्मचारीले आवश्यक अनुसार प्रयोग गर्दै आएको १७ मोटरसाइकल र ३ वटा स्कुटर छ्न् । त्यस्तै, नगरमा एउटा स्काभेटर, एउटा ट्याक्टर, एउटा ट्रिपर, जेसीबीसहित नगर एम्बुलेन्स तथा रेडक्रशबाट प्राप्त एम्बुलेन्स रहेको जिन्सी शाखाका प्रमुख भोजराज आचार्यले जानकारी दिए ।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आवश्यकताका आधारमा विद्युतीय गाडी खरीद गरिएको बताए । उनले भने ‘अबको प्राथमिकता नगरमा दमकल हो, यो पनि चाँडै ल्याउने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...