Sacho Khabar

सामुदायिक तरकारी बिक्री केन्द्र पुरानो भद्रपुर रोडमा पनि

 

बिर्तामोड, ११ साउन : बिर्तामोड नगरपालिका ४ स्थित पुरानो भद्रपुर रोडमा स्थापना गरिएको सुलभ सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ ।

नगरपालिकाले ‘पारिको होइन, बारीको खाऊँ’ भन्ने मूल नाराकासाथ सुरु गरेको तरकारी बिक्री केन्द्रको नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले आज (शुक्रबार) रिवन काटेर उद्घाटन गर्नु भयो ।

कार्यक्रममा बोल्दै नगर उप-प्रमुख संग्रोलाले सामुदायिक तरकारी विक्री केन्द्रलाई निरन्तर व्यवस्थित ढंगले अगाडि लिएर जाने नगरको अवधारणा रहेको बताउनु भयो । उहाँले जिल्लामा कृषि र पशुपंछि तथा मत्स्य विकासको क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने पालिकाको रुपमा बिर्तामोड रहेको बताउनु भयो । उहाँले खाली रहेका जग्गामा विभिन्न प्रकारका तरकारी उत्पादन गर्न सबैलाई आग्रहसमेत गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष राहुलकुमार शर्मा, कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता सिवाले विषादीरहित तरकारी उत्पादन तथा विक्री वितरणमा जोडदिनु भयो ।

सामुदायिक तरकारी बिक्री केन्द्रको धमाधम उद्घाटन भईरहेको छ । यस अघि वडा नम्बर ५ स्थित तमुटोल, पाथिभरा बालाजी र वडा नम्बर २ स्थित चारपानेमा उद्घाटन गरिसकिएको छ ।

अब वडा नम्बर १ मा अतिथिसदन र वडा नम्बर ३ मा बिर्ताबजार बिक्री केन्द्रको उद्घाटन गर्न बाँकी छ । यस्तै बुट्टाबारी, गरामनी र सैनिकबजारमा रहेको तरकारी संकलन तथा बिक्री केन्द्र र कृषिथोक बजारमा मुख्य संकलन तथा बिक्री केन्द्रको उद्घाटन गर्न बाँकी छ ।

सुलभ सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालन समितिका अध्यक्ष लक्ष्मीप्रसाद खरेलको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य निर्मला ल्वागुन, जनप्रतिनिधि, तरकारी कृषक, व्यवसायी लगायत विभिन्न टोलविकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...