Skip to main content

Sacho Khabar

बिर्तामोडमा सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन

 

बिर्तामोड, ७ साउन ।। बिर्तामोड नगरपालिकाले ‘पारीको होइन बारीको खाऊँ’ भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ ।

आज (सोमबार) एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि नगरकी कार्यवाहक नगर प्रमुख सिता ढुंगानाले रिवन काटेर बिक्री केन्द्रको उद्घाटन गर्नु भयो ।

नगरपालिकाले ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरेको छ । वडा नम्बर १ मा अतिथिसदन, वडा नम्बर ३ मा बिर्ताबजार, वडा नम्बर ४ मा सुलभ, वडा नम्बर ५ मा तमुटोल र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्र स्थापना गरिएको छ ।

यस्तै बुट्टाबारी, गरामनी, चारपाने र सैनिकबजारमा संकलन तथा बिक्री केन्द्र र कृषिथोक बजारमा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ।

नगरका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले स्थानीय कृषिजन्यवस्तुको बजारीकरण, विषादी न्युनिकरण र अन्य कृषिबजारको तुलनामा सुलभ मुल्य नै तरकारी बिक्री तथा संकलन केन्द्रको विशेषता रहेको जानकारी दिनुभयो । उहाँले स्थानीय कृषकले उत्पादन गरेका सबै प्रकारका तरकारी तोकिएका संकलन केन्द्रबाट मात्रै खरिद गरिने बताउनु भयो । बिक्री केन्द्रमा पुर्याउनु भन्दा अघि तरकारीमा विषादी मापन गरिनेछ । विषादीरहित खान योग्य तरकारीमात्रै बिक्री गरिने कृषि शाखाले जनाएको छ ।

बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्षको योजना अनुसार तरकारी बजार व्यवस्थापन कार्यक्रम अघि बढाएको हो । बिर्तामोडमा १ सय १७ जना व्यवसायीक तरकारी कृषक रहेका छन् ।

सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन कार्यक्रममा नगरकी कार्यवाहक नगर प्रमुख सिता ढुंगाना, वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य संगिता सिवा लगायत जनप्रतिनिधि तथा कृषक, उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

वडा नम्बर ५ मै पाथिभरा बालाजी टोलमा रहेको तरकारी बिक्री केन्द्रको पनि आजै उद्घाटन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...