Skip to main content

Sacho Khabar

बेलबारीस्थित जंगलमा वृद्ध बेवारिसे अवस्थामा फेला, छोराबुहारीले लगेर छोडेको आशंका

 

मोरङ साउन १॥मोरङको बेलबारी स्थित घना जंगलबीचमा मंगलबार एकजना वृद्ध बेवारिसे अवस्थामा फेला परेका छन। उमेरले ७० काटिसकेका ति वृद्धलाई हात्ती ओहोरदोहोर गर्ने जंगलबीचबाट उद्धार गरिएको हो ।

मोरङको सुन्दरहरैँचा नगरपालिका-१ निवासी ती  वृद्धले मागेर गुजारा चलाउने गरेका थिए । जामुनलाल झागड बताउने ती वृद्धलाई उनका छोराबुहारीले बेलबारी-चिसाङ साझेदारी वन क्षेत्रको जंगलमा छाडेको आशंका स्थानीयले गरेका छन् ।

बेलबारीस्थित जनप्रतिनिधिहरूका अनुसार उनलाई जेठा छोराबुहारीले चार दिनअघि उक्त जंगलमा लगेर छाडेको बताएका छन् ।

जंगलको बीचमा छाडिएका उनलाई हात्तीको निगरानी गर्न पुगेको उक्त वनको गस्ति टोलिले  भेट्टाएको थियो । बोल्न नसक्ने अवस्थाका उनलाई मंगलबार नै उद्धार गरेर बेलबारीको नगर अस्पतालमा भर्ना गरिएको वडा नम्बर ७ की अध्यक्ष सुनिता चौधरीले  बताइन् ।

यो घटना बेलबारीस्थित चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीले बाहिर ल्याएका हुन् । उनले यी वृद्धको फोटोसहितको विवरण सामाजिक सञ्जालमा राखेका छन् ।

गिरीले भने झागडलाई उनका छोराबुहारीले नै जंगलको बीचमा लगेर छाडेको दाबी गरेका छन् ।

‘यी वृद्धलाई उनका छोराबुहारीले बाइक (मोटरसाइकल) मा हाली बेलबारी-चिसाङ साझेदारी बनको इलाका बीच जंगलमा ४ दिनदेखि फ्याँकेको खुलेको छ’, उनले भनेका छन्, ‘उनलाई बेलबारी-चिसाङ साझेदारीको गस्ती टोलीले भेटेर सब-डिभिजन वन कार्यालयबाट गणेश कार्की, राजेन्द्र घिमिरे, बेलबारी-चिसाङ साझेदारीको कमान्डर मुररी काफ्ले लगायतले उद्धार गरेपछि उपचार भइरहेको छ ।’

अहिले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको छ। गिरीले उक्त जंगलको बीचमा एक्लै जोकोही पुग्न नसक्ने बताए । ‘जंगलबीचमा लगेर छाडिएको रहेछ। जोकोही पुग्नै नसक्ने स्थानमा वृद्ध भेटिनु भयो’, उनले भने, ‘वनको गस्ती टोलीले हात्तीको निगरानी गर्न जाँदा उहाँलाई बीच जंगलमा देखे । सोधखोजपछि छोराबुहारीले त्यहाँ छाडेको खुलेको छ ।’

गिरीका अनुसार गस्ती टोलीसँग छोराबुहारीले जंगलमा ल्याएर छाडेको बताएका हुन्। गिरीले उनलाई जंगलमा बाइकबाट ल्याएर छाडेको पुष्टि हुने आधार रहेका बताए ।

‘जंगलमै लगेर छाडेको कुरामा सत्यता छ । गस्ती टोलीले मोटरसाइकलको डोब जंगलतिर देखेका छन्’, उनले भनेका छन्, ‘उहाँलाई हामीले जंगलबाट निकालेपछि अस्पताल भर्ना गरिसकेका छौँ ।’

बेलबारी-७ की अध्यक्ष चौधरीले ती वृद्ध करिब साताअघि सुन्दर हरैंचाबाट बेलबारी आएको पुष्टि गरिन् । ‘उहाँ साताअघि पनि सुन्दरहरैंचाबाट बेलबारी आउनु भएको थियो । केही दिअघि मात्रै उहाँलाई नातिनीले घर जाऊँ भनेकी रहेछन्’, उनले भनिन्, ‘उहाँ जंगलमा कसरी पुग्नु भयो भन्ने ठोस आधार खोज्दैछौँ । बोल्न नसकेका कारण उहाँले पनि सबै कुरा भन्न सक्नु भएको छैन। अहिले उहाँका परिवार र नातागोता खोजिरहेका छौँ ।’

चौधरीका अनुसार यी वृद्धका दुई भाइ छोरा छन् । जसमध्ये कान्छा भारतको पञ्जाबमा बस्दै आएका छन् । बुवा जंगलमा वेवारिस भेटिएपछि उनलाई बोलाइसकिएको चौधरीले बताइन्। उनी भारतबाट हिँडिसकेको उनले जानकारी दिइन् ।

तर बुवालाई जंगलमा फ्याँकेको आरोप लागेका जेठा छोरा भने गायब भएका छन् । बेलाबारीस्थित प्रहरीले सुन्दरहरैँचास्थित प्रहरीसँगको समन्वयमा जेठा छोराबुहारीको खोजी गरिरहे पनि भेट्टाएको छैन ।

वृद्धलाई जंगलमा छाडेको आरोप लागेका जेठा छोराबुहारीलाई मंगलबार दिनभर खोजी गर्दा पनि भेटिएका छैनन्। त्यहीकारण उनीहरूकै संलग्नताको आशंका बलियो भएको छ,’ उनले भनिन्, ‘भारतमा भएका छोरा सम्पर्कमा आइसके तर यहाँ भएका जेठा छोराबुहारी गायब भएकाले घटना रहस्यमय भएको छ। उनीहरू सम्पर्कमा आएपछि यसबारे विस्तृत विवरण खुल्न सक्छ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...