Skip to main content

Sacho Khabar

बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन हुने

 

बिर्तामोड, असार २६ ॥ बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ ।

कार्यक्रम सञ्चालनका लागि बिर्तामोड नगरपालिका र करुणा फाउण्डेसनविच मंगलबार सम्झौता भएको हो।

सम्झौतामा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, महिला विकास अधिकृत पुष्पा कार्की र साझेदार संस्था करुणाको तर्फबाट कार्यकारी निर्देशक दिपकराज सापकोटा, व्यवस्थापक सन्तोष घिमिरेलगायतले हस्ताक्षर गर्नु भयो ।

नगर प्रमुख प्रसाईले कार्यक्रमलाई सफल बनाउन सबैलाई सुझाब दिनुभयो ।उहाँले अपाङ्गता रोकथाम तथा पुन:स्थापनाका लागि जटिलताहरु धेरै भएपनि प्रयास आवश्यक रहेको धारणा राख्नुभयो । पहिलो एक वर्षको प्रगतिका आधारमा कार्यक्रमलाई थप अगाडि बढाइने नगर प्रमुख प्रसाईको भनाई छ ।

अपाङ्गता रोकथाम तथा पुन:स्थापनाका लागि करुणा फाउण्डेसनले कोशीका सबै जिल्लामा यो कार्यक्रम सञ्चालन गर्दै छ । बिर्तामोडसहित झापाका ११ वटा पालिकामा सम्झौता सम्पन्न भएको कार्यकारी निर्देशक सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै अपाङ्गता स्वालम्वन संस्थाका अध्यक्ष दिपक थापाले पाँच वर्ष अघिनै गर्नु पर्ने यो कार्यक्रम ढिलै भएपनि सञ्चालन हुन लागेको भन्दै नगरपालिका प्रति खुशिव्यक्त गर्नुभयो ।

नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले घरमा एक जना अपाङ्गता भएको व्यक्तिहुँदा थप एक जना हेरचाहमा बस्नु पर्ने वाध्यता रहेकोले सबैलाई आत्मनिर्भर बनाउन कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम सञ्चालका लागि सामाजिक विकास मन्त्रालय, पालिका र करुणाको लागत साझेदारी रहनेछ । अपाङ्गता हुनबाट जोगाउन जन्मजात रोकथाम, भएका व्यक्तिहरुको पुन:स्थापना र सेवा प्रवाह गर्ने संस्थाहरुको सुदृढिकरणका विषयमा प्रमुखरुपमा काम गर्ने संस्थाका पाँचथर संयोजक केदार भण्डारीले जानकारी दिनुभयो ।

कोशी प्रदेशका अन्य जिल्लाहरु मध्ये अपाङ्गता भएका व्यक्तिहरुको संख्या झापामा उच्च छ । बिर्तामोडमा मात्रै १२ सय भन्दा बढी अपांगता भएका व्यक्ति रहेको तथ्याङ्कमा उल्लेख छ ।

करुणासंगको सम्झौता अवधि ३ वर्षको छ । बिर्तामोडमा कार्यक्रम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयको ३९ लाख, बिर्तामोड नगरपालिकाको ३५ लाख र करुणा फाउण्डेसनको ३५ लाख रुपैयाँ बजेट रहेको जनाईएको छ ।

सम्झौता आगामी साउन १ गतेदेखि लागूहुने छ । प्रत्येक पालिकामा आवश्यकताको आधारमा सहजकर्ता नियुक्त गरेर कार्यक्रम अघि बढाउने करुणा फाउण्डेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...