Skip to main content

Sacho Khabar

दोलखाको शैलुङमा मिनी ग्रेटवाल

दोलखा : पर्यटकीय क्षेत्र शैलुङडाँडामा पर्यटन प्रवद्र्धन गर्न मिनी ग्रेटवाल निर्माणको काम गरिएको हो। संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको पूर्वगाउँपालिका अध्यक्ष भरत दुलालले बताए। शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुंगा ९५० मिटरसम्म निर्माणको डीपीआर तयार गरिए पनि अहिले पाँच सय मिटर मात्र ग्रेटवाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ।

ग्रेटवाल निर्माणका लागि संघीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट लगानी रहेको छ। प्रारम्भिक चरणमा पाँच सय मिटर ग्रेटवाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार ४१८ रुपैयाँँ लागतमा ठेक्का सम्झौता गरिएको थियो। सरकारले नेपालका सय वटा पर्यटकीय स्थलमा पर्यटन पूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत शैलुङमा ग्रेटवाल निर्माणका लागि प्रस्ताव गरिएको थियो।

संघीय सरकारले पर्यटकीय गन्तव्य निर्माणका लागि सहयोग गर्ने भएपछि शैलुङलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ गाउँपालिकाले ग्रेटवाल निर्माणको प्रस्ताव गरेको पूर्वअध्यक्ष दुलालले बताए। ग्रेटवाल निर्माणपछि शैलुङ क्षेत्रमा पर्यटकको अझ आकर्षण बढ्ने उनको भनाइ छ । ग्रेटवाल निर्माणलाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्षमा थप बजेट बिनियोजन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।

शैलुङमा बन्दै गरेको ग्रेटवाल अहिले पर्यटकहरूको रोजाइको केन्द्र बनेको छ। आन्तरिक पर्यटक मात्र होइन विभिन्न देशका बाह्य पर्यटकहरू पनि शैलुङ भ्रमणमा आउने गरेका छन्। दोलखा जिल्लाको दक्षिण पश्चिममा रहेको शैलुङ डाँडा समुद्री सतहबाट ३ हजार २ सय मिटर अग्लो स्थानमा रहेको छ। शैलुङ पर्यटकीय हिसाबले मात्र नभएर धार्मिक रूपले पनि प्रख्यात छ। लगिि

शैलुङमा विभिन्न किसिमका डाँडा र सयवटा होचा र मनमोहक थुम्काहरू रहेका छन्। यो वर्ष शैलुङको सय थुम्को पुग्ने पर्यटक विगत वर्षको भन्दा अत्यधिक रहेको शैलुङको पर्यटन प्रबद्र्धनमा सक्रिय वरिष्ठ समाजसेवी एवं उप्रेती समाजका केन्द्रीय अध्यक्ष शोभित उप्रेतीले बताए। शैलुङ देशकै महत्वपूर्ण प्राकृतिक एवं धार्मिक पर्यटकीय केन्द्र हो। यो ठाउँमा विज्ञानपार्क, आध्यात्मिक केन्द्र, साहित्य घरलगायतका संरचनासमेत निर्माण भइरहेको वरिष्ठ समाजसेवी उप्रेतीको भनाइ छ। पवित्रस्थल शैलुङमा विभिन्न देवीदेवताको बासस्थान र गुफाहरू, शैलुंगेश्वर महादेव पनि रहेका छन्।

शैलुङडाँडाबाट गौरीशंकर हिमाल, सगरमाथा, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ हिमश्रृङ्खला लगायतका मनमोहक दृश्यहरू पनि देख्न सकिन्छ। साथै काठमाडौं उपत्यकाका विभिन्न भाग र काभे्र जिल्ला तथा रामेछापका विभिन्न ठाउँ र तराईका केही भागसमेत देख्न सकिन्छ।

चारैतिर देखिने मनोरम दृश्य गुराँसे फूलहरूको जंगल, वन्यजन्तु र हिमश्रृंखलाको अवलोकन र विभिन्न थरीका मौसमअनुसारका फुलहरू, विभिन्न जातका चराचुरुङ्गी, हरियो पाखाभरी याक र चौंरीले लुकामारी खेल्दै गरेको दृश्यले पर्यटकहरूलाई शैलङुले मोहित बनाउँछ।

प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण साथै धार्मिक महत्व बोकेको शैलुङ जुनसुकै समय पनि पर्यटकहरू लोभिने वातावरण रहेको छ। हिउँदको समयमा त झन सेतम्मे हिउँको दृश्यावलोकनका लागि भेरै पर्यटकहरू आउने गर्छन्। शैलुङ विभिन्न हिसाबले महत्वपूर्ण स्थान हो पाँचऔले, चिराइतो, यार्सागुम्बाजस्ता विभिन्न जातका जडीबुटी पाइनुका साथै अनुसन्धान र उत्खनन् गर्न सके विभिन्न किसिमका खानीहरू हुनसक्ने स्थानीय बासिन्दाको भनाइ छ।

अहिले शैलुङमा ग्रेटवाल हेर्न र शैलुङमा ध्यान, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न विदेशी पर्यटकको संख्यामा पनि वृद्धि भएको स्थानीयको भनाइ छ। शैलुङ क्षेत्रमा पर्यटकीय व्यवस्थित योजना, पर्यटकीय आकर्षणका वस्तुहरूलाई पहिचान, व्यवस्थित होमस्टे, सुरक्षित पर्यटकीय गाइडको अझ व्यवस्था गर्नुपर्ने देखिन्छ। काठमाडौंँबाट सिन्धुपाल्चोकको मुडेबाट ८ किलोमिटर बसको यात्रा र १ घण्टाको पैदलयात्रापछि–मिनी ग्रेटवाल हुँदै शैलुङ पुग्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...