Skip to main content

Sacho Khabar

घरदैलोमै सामाजिक सुरक्षा सेवा : नीलकण्ठ–४ मा अभियान सुरू

धादिङ, भदौ १७ । नीलकण्ठ नगरपालिका–४ मा जेष्ठ नागरिक, अपाङ्गता, अशक्त र शारीरिक कमजोरी भएका लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण कार्य आजदेखि सुरु भएको छ ।

वडा अध्यक्ष हरि श्रेष्ठका अनुसार शारीरिक अवस्था वा अन्य कारणले कार्यालयसम्म आउन नसक्ने सेवाग्राहीलाई लक्षित गरी वडास्तरीय टोली घरघरमै पुगेर सेवा प्रदान गर्न थालेको हो । उनले भने, “यस अभियानमार्फत अपाङ्गता भएका, शारीरिक रूपमा अशक्त वा जेष्ठ नागरिकलाई घरदैलोमै सेवा पु¥याउँदा उनीहरूको सम्मान र सुविधा दुवै सुनिश्चित हुन्छ ।”

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार प्रत्येक आर्थिक वर्षको भदौ मसान्तसम्म लाभग्राहीको परिचयपत्र नवीकरण अनिवार्य हुने प्रावधान छ । सोही व्यवस्था अनुसार वडाले यस वर्ष पनि टोलटोलमै पुगेर सेवा दिने अभियान सञ्चालन गरेको हो ।

यसै क्रममा भदौ १७ गतेदेखि २२ गतेसम्म वडा नं. ४ का विभिन्न टोल–टोलमा सेवा दिने कार्यक्रम तय गरिएको छ । रिजालथोक, ढाँडखर्क, बिमिरे, राम्चे, सिमपानी, अल्छी डाँडा, पौँवा, पारिगाउँ, खानीगाउँ, सिम्लेगैरी, रायटार, बेसारे, थापागाउँ र बजार क्षेत्रलगायत स्थानमा वडाका कर्मचारी, प्रतिनिधि तथा जनप्रतिनिधिहरूको उपस्थितिमा परिचयपत्र नवीकरण हुने वडाले जानकारी दिएको छ ।

यस पहलले लक्षित वर्गलाई सहज, सम्मानजनक र नजिकको सेवा उपलब्ध गराउँदै सामाजिक सुरक्षाको पहुँचलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...