Skip to main content

Sacho Khabar

धादिङमा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइयो

धादिङ : जिल्ला प्रशासन कार्यालय धादिङको आयोजनामा लागु औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अबसरमा पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा प्रभातफेरी र सचेतना सभा सम्पन्न भएको छ ।
गजुरी गाउँपालिका वडा नम्बर २ मलेखु माछाबजारबाट सुरु भएको सचेतना पदयात्रा बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ मलेखु रिचोकटारमा पुगेर सचेतना सभामा परिणत भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको अध्यक्षतामा भएको सभामा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिारीले सम्बोधन गर्दै मानव स्वास्थ्य विकासका लागि लागु औषध दुव्र्यसन बाट छुटकारा पाउनु पर्ने बताउँदै सामाजिक सचेतना र समाज रुपान्तरणका लागि सामुहिक प्रतिवद्धता हुनुपर्ने बताउनुभयो ।
भ्वाइस अफ् नेपालका बिजेता प्रसोसेस पाण्डेले अभिभावक, शिक्षक, सामाजिक अगुवा र स्वयं युवाहरु सचेत भएर मस्तिष्क नै विगार्ने लागु औषध कहिल्यैपनि सेवन गर्न नहुने बताउनुभयो ।
बेनिघाटरोराङ गाउँपालिका उपाध्यक्ष टापबहाहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाही, धादिङ उद्योग वाणिज्यसंघका अध्यक्ष रामकुमार डल्लाकोटी, लगायतले शुभकामना व्यक्तगर्दै सामाजिक रुपमा, आर्थिक रुपमा मानिसलाई विगार्ने लागु औषधको सेवन र ओसारपसार गर्न नहुँने भन्दै लागुऔषधको पहुँच विद्यालय कलेज क्यान्टिन, होटल तथा अन्य स्थानहरुमा पुगेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले कार्यक्रम अध्यक्षताको रुपमा बोल्दै लागुऔषध र्दुवयसन तथा ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम सकिएको नभएर जनस्तरसम्म पुग्नेगरि सुरुवात भएको बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...