Sacho Khabar

कारागार कार्यालय धादिङमा एक थुनुवाले गरे आत्महत्या ।

 धादिङ : कारागार कार्यालय धादिङमा गएराती एक थुनुवाले झुण्डिएर आत्महत्या गरेका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुण्डिएर आत्महत्या गरेको कारागार कार्यालय धादिङका प्रशासक राममणी मिश्रले जानकारी दिए । मिश्रका अनुसार उनी गत ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका थिए । सुनार राति १ बजेतिर शौचालय गएका थिए । तर लामो समयसम्म पनि नफर्किएपछि सुरक्षामा रहेकाले शौचालयको झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा मृत भेटिएको हो ।

सुनारले मुडा बुन्न प्रयोग हुने डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको उनले बताए । ‘दुई हात लामो डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको हो । सुनारको शव पोष्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ । घटना बारे थप अनुसन्धान भइ रहेको छ’ प्रशासक मिश्रले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागे...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...
प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

धादिङ — धादिङ क्षेत्र नम्बर–२ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको क्षेत्र भ्रमण अहिले चर्चामा आएको छ। श्...
धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

काठमण्डौं धादिङको धुनिवेशी नगरपालिका घर भएका ३६ वर्षीय राजेन्द्र विसुन्खे धादिङको चरौंदीमा भएको बस दुर्घटनामा घाइते भएका छन्। ह...