Skip to main content

Sacho Khabar

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा नयाँ कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन सञ्चालनमा

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा नयाँ कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन सञ्चालनमा आएको छ। मंगलबार एक विशेष कार्यक्रमका बीच संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रिबन काटेर भवन उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कृषकहरूको हितमा स्थापना गरिएको यो सेवा केन्द्रबाट कृषिमा नविनतम प्रविधि र गुणस्तरीय पशुसेवा प्रवाह गर्न सकिने बताउनुभयो। उहाँले कृषकहरूलाई सेवा उपयोग गर्न र कृषि व्यवसायलाई आधुनिकिकरणतर्फ लैजान यस्तो पूर्वाधार महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले करिब ७० प्रतिशत स्थानीय कृषकहरू प्रत्यक्ष कृषि पेशामा संलग्न रहेको जनाउँदै, यस भवनको निर्माणले कृषकहरूलाई धेरै सुविधा दिने विश्वास व्यक्त गर्नुभयो। साथै, भवन बनेपछि मात्र होइन, त्यसबाट हुने सेवाको भरपुर उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो।

त्यस्तै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले व्यवस्थित सेवा केन्द्र निर्माणसँगै त्रिपुरासुन्दरी लगायत आसपासका क्षेत्रको कृषि तथा पशुपालन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिका अध्यक्ष राजु उप्रेतीले धादिङ जिल्लामा पहिलो पटक सुविधा सम्पन्न कृषि तथा भेटेरिनरी सेवा केन्द्र सञ्चालनमा आएको जानकारी दिँदै, नजिकका अन्य पालिकाका कृषकहरूले पनि सेवा लिन सक्ने बताउनुभयो। साथै, बजेट अभावका कारण केही योजना अघि बढाउन कठिनाई रहेको भन्दै संघ र प्रदेश सरकारलाई थप सहयोग गर्न अनुरोध गर्नुभयो।

उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, कृषक तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अब कृषकहरूले रोग पहिचान, उपचार, परामर्श, गुणस्तरीय बिउबिजन तथा मल औषधि सेवा गाउँमै सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...