Skip to main content

Sacho Khabar

धादिङ मोबाइल तथा ईलेक्ट्रोनिक्स ब्यवसायी संघको उपाहार बितरण कार्यक्रमको सम्पूर्ण तयारी पुरा ।

धादिङ, चैत २९
धादिङ मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको उपहार वितरण कार्यक्रम यही चैत ३० गते, शनिबार हुने भएको छ।

संघमा आबद्ध धादिङबेसीका पसलहरूले रु १०० भन्दा माथिको सामान खरिद गर्ने ग्राहकलाई दशैंदेखि प्रदान गरिएको लक्की ड्र चिट्ठाको उपहार यही शनिबार, चैत ३० गते बिहान १० बजे धादिङबेसीमा रहेको उद्योग वाणिज्य संघको सभाहलमा वितरण गरिने निर्णय भएको संघका अध्यक्ष प्रकाश भट्टले जानकारी दिनुभयो।

                                          

अध्यक्ष भट्टका अनुसार, “व्यापारीहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेकाले त्यस्तो प्रतिस्पर्धा रोक्न, सबै व्यवसायीहरूबीच एकरूपता कायम गर्न र आपसी मनमुटाव हटाई सबैलाई एउटै डोरीमा बाँध्ने उद्देश्यले मोबाइल व्यवसायी संघ गठन गरिएको हो। यो संघले सुरु देखि नै व्यवसायीहरूको हकहितका लागि विभिन्न कार्य गर्दै आएको छ। अहिले पनि केही उदाहरणीय कार्य गर्नुपर्छ भन्ने सोचका साथ हामी सबै साथी मिलेर यो कार्यक्रम आयोजना गर्न लागेको हौं।”

                                   

बम्पर उपहार योजनाअन्तर्गत प्रदान गरिने उपहारहरू यस प्रकार छन्:

  • हिरो स्कुटर – १ जनालाई

  • आइडिया ५५” एलईडी टिभी – १ जनालाई

  • सिजी १७५ लिटर फ्रिज – १ जनालाई

  • टेलिटक मोबाइल – २ जनालाई

  • इयरबड – ५० जनालाई

  • सिभिआर इयरफोन – ५० जनालाई

  • घडी लगायत अन्य थुप्रै उपहारसहित जम्मा २६३ वटा उपहार प्रदान गरिने आयोजकले जनाएको छ।

उपहार प्राप्त गर्नको लागि ग्राहकहरूले सामान खरिद गर्दा प्राप्त कुपनको अर्धकट्टी अनिवार्यरूपमा ल्याउनु पर्ने समितिका कोषाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो।

                             

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...