Skip to main content

Sacho Khabar

जुरी गाउँपालिका-५ स्थित गलौदी खेलमैदानमा मा सांस्कृतिक धमाका २०८२ कार्यक्रम हुँदै

गजुरी, धादिङ ।नयाँ वर्ष २०८२ सालको शुभ अवसरमा गजुरी गाउँपालिका-५ स्थित गलौदी खेलमैदानमा “शुभकामना आदान प्रदान तथा सांस्कृतिक धमका – २०८२” कार्यक्रम हुने भएको छ।

जनता भविष्य निर्माण सामुदायिक समाज, गजुरी-५ को आयोजनामा, गजुरी गाउँपालिकाको संरक्षकत्वमा र गजुरी वडा नं. ५ कार्यालय को प्रवर्धनमा हुने यस कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन्।

कार्यक्रममा गायक हिमाल सागर, प्रकाश पराजुली, धर्व बिस्को र गायिका सुमित्रा तामाङ को साङ्गीतिक प्रस्तुति रहनेछ। साथै, डान्सर अस्मिता भुजेल, इस ठकुरी, र रिया सुन्दास को नृत्यले कार्यक्रममा थप रौनकता ल्याउने अपेक्षा गरिएको छ।

नयाँ वर्षलाई सांस्कृतिक उत्सवको रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले गजुरीको कला, संस्कृति र सामाजिक एकतालाई प्रबर्द्धन गर्ने आयोजकले जनाएका छन्।

स्थानीयबासी, समाजसेवी, युवा क्लब, आमा समूह तथा विभिन्न संघसंस्थाको सक्रिय सहभागिता रहने यस कार्यक्रममा सबैलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...