Sacho Khabar

एक रुपियाँमा पनि बन्दा नबिकेपछि काटेर त्रिशुलीमा फाल्दै किसान

काठमाडौं- देशको लाइफ लाइन मानिने पृथ्वी राजमार्ग, छेउमै त्रिशुली किनार । राजमार्ग र नदीको आडैमा रहेका खेतका केही गरोहरुमा टन्न बन्दा, केहीमा बन्दा फालेर भर्खरै रोपिएको चैते धान । बजार र मूल्य नपाएपछि नदी किनाराभरि किसानले काटेर फालेका बन्दाका थुप्रो । नाफाको सपना बुनेर विउविजनको पैसा समेत उठाउन नसकेका किसानहरु भन्छन्– ‘प्रतिकेजी एक रुपियाँमा पनि बिक्दैन बन्दा । किसान सधैं मरिरहने हो सरकार ?’

धादिङको गजुरी गाउँपालिका– ५ गजुरीका हरिशरण धितालले सात रोपनी जग्गामा बन्दा खेती गरेका थिए । पहिलो लटमा प्रतिकेजी तीन रुपियाँका दरले थोरै बन्दा विक्रि गरेपनि बाँकी बन्दा त्रिशुली किनारमा फालेको धिताल बताउँछन् । ‘सात रोपनी जग्गामा बन्दा खेती गर्दा ६० हजार खर्च भएको छ । आफ्नो मेहनत लगायतका खर्च जोडेकै छैन’ उनले भने– ‘रात दिन नभनि खेती ग¥र्याैं । उत्पादित बन्दा प्रतिकेजी एक रुपियाँमा पनि विक्रि भएन । एक÷दुई रुपियाँमा मात्रै विक्रि भएपनि मल, विउविजनको पैसा उठ्थ्यो । पैसाको त के कुरा सित्तैमा पनि कसैले लगेन ।’

‘ पैसा तिरेर त परैका कुरा गाडी भाडा नओत्ने भन्दै सित्तैमा पनि व्यापारीले बन्दा लैजादैन । खेतमा लगाएको बन्दा नबिकेपछि काटेर त्रिशुली किनारमा फालेका छौं । कोल्ड स्टोर मात्रै भएको भए पनि त्रिशुलीमा बन्दा फाल्नु पर्ने थिएन । धेरै त फालिसके, बाँकी पनि काटेर त्रिशुलीमा फाल्ने र खेत रोप्ने हो’ उनले भने ।
‘न बेलैमा मल, विउ विजन पाइन्छ । न फलेको कृषि उत्पादन विक्रि हुन्छ । महिनौ लगाएर रात दिन नभनि उत्पादन गरेको कृषिजन्य उत्पादन खोलामा फाल्नु परेको छ’ किसान मथुरा श्रेष्ठ भन्छन्– ‘किसानलाई सरकारले पनि हेरेन । किसानलाई सरकारले नै खाएको हो, सरकारले नै मारेको हो ।’

‘फलेको बन्दा काटेर त्रिशुलीमा फालेर चैते धान रोपेको छु । खेतमा नआउँ पानी लगाउन पर्छ । आउँ काटेर फालेको बन्दाको थुप्रो देख्दा मन भक्कानिन्छ अनि आँसु झर्छ’ आँखा रसिलो पार्दै उनले भने– ‘प्रति केजी एक रुपियाँमा पनि बिक्दैन बन्दा । अन्य तरकारीको पनि अवस्था उस्तै छ । कृषिप्रधान देशमा किसान सधैं मरिरहने हो सरकार ?’

७४ वर्षिय विष्णु श्रेष्ठ प्रतिकेजी पाँच रुपियाँमा बन्दा विक्रि भए साँवा उठ्ने बताउँछन् । ‘२० टन भन्दा धेरै बन्दा होला । माग छैन भनेर व्यापारी आउदैन । आफु लगेर बेच्न सकिदैन’ उनले भने– ‘पाँच रुपियाँले मात्रै बन्दा विक्रि भए मल, विउ विजन, ट्याक्टर खर्च उठ्ने थियो । त्यति धेरै दुःख गरेर फलाएको बन्दा खेतमै कुहाउनु परेको छ । केही त काटेर फालेँ । केही यही खेतमै कुहिन्छ भनेर छाडेको छु । न धान रोप्न पाउनु, न बन्दा विक्रि गरेर पैसा पाउनु । कृषिजन्य उत्पादन घाटाको व्यापार त हो ।’

७४ वर्षिया गोमा श्रेष्ठ भने बन्दा बिक्छ कि भन्ने झिनो आशमा रहेको बताउँछिन् । ‘धेरैले काटेर त्रिशुलीमा फालिसके । आठ रोपनी जग्गामा तरकारी खेती छ । मैले चाँहि दुई/चार रुपियाँमा विक्रि हुन्छ कि भनेर खेतमै राखेको छु । त्यति धेरै दुख गरेर फलाएको तरकारी काटेर चाँहि फाल्दिन । बरु खेतमै कुहिएर जाओस्’ उनले भनिन् ।

खेती गर्दा मल र विउ नपाएको पिडा ताजा रहेको उनी बताउँछिन् । ‘विरुवा जमाउन, सार्न तथा गोडमेलका लागि पनि थुप्रै खर्च भएको छ । बन्दा हेर्दा खाउँ खाउँ जस्तो छ । आफुले खाएर सकिदैन, व्यापारीले लादैन’ उनले भनिन्– ‘बिके बिक्छ नबिके बोटमै कुहिन्छ । दुई/चार रुपियाँ आए विउको पैसा तिरौंला । तर मन रुवाएर रहर लाग्दो बन्दा त्रिशुलीमा फालेर पाप बोक्दिन ।’

गजुरीका किसानले जस्तै धादिङका धेरै ठाउँका किसानले मूल्य नपाएर कृषिजन्य उत्पादन काटेर फालेका छन् । समयमै विउविजन तथा मल नपाएर आजित भएका किसानलाई कृषिजन्य उत्पादन विक्रि नहुदा काटेको घाउमा नुनचुक जस्तै बनेको छ । धादिङले संघीय राजधानी काठमाडौमा ठूलो परिमाणमा तरकारी निर्यात गर्दछ । तर विचौलीयाको हालिमुहाली हुदाँ किसानले कृषिजन्य उत्पादनको उचित मूल्य पाएका छैनन् । उत्पादित तरकारी तथा फलफुल हरेक वर्ष विक्रि वितरण नभएर काट्ने, फाल्ने, ट्याक्टर लगाउने किसानको नियति दोहोरिरहेको छ । यो समस्या समाधानका लागि तीनै तहको सरकारको ध्यान पुग्ने दिन किसानहरु कुरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागे...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...
प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

धादिङ — धादिङ क्षेत्र नम्बर–२ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको क्षेत्र भ्रमण अहिले चर्चामा आएको छ। श्...
धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

काठमण्डौं धादिङको धुनिवेशी नगरपालिका घर भएका ३६ वर्षीय राजेन्द्र विसुन्खे धादिङको चरौंदीमा भएको बस दुर्घटनामा घाइते भएका छन्। ह...