Skip to main content

Sacho Khabar

अर्जुनधारामा लागू औषध दुव्र्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न

अर्जुनधारा फागुन २८ ।। हाम्रो चाहना स्वास्थ्य र  दुव्र्यसनरहित समाजको परिकल्पना भन्ने मूल नाराका साथ एक दिने लागू औषध दुव्र्यसन रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ९ गोलधापस्थित खुल्ला प्राङ्गणमा आयोजित कार्यक्रममा लागू औषध अहिलेको समस्या भएको बताउँदै लागूऔषधबाट युवापिढीमा पर्न गएको असरलाई मध्यनजर गर्दै सो कुलतमा फसेकालाई सही बाटोमा ल्याउन र नयाँ युवा युवतीलाई लागू औषधको कुलतबाट टाढा राख्ने उद्देश्यले  कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुरेन् राईले बताउनुभयो ।

स्थानीय स्तरमा रचनात्मक कार्य गर्दै आएको गोलधाप युवा क्लबद्वारा आयोजित लागुपदार्थ दुव्र्यसन रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि पराजुलीले समाजमा  हुने गरेका लाघु औषध दुव्र्यसनका  समस्याहरू समाधान गर्न र युवाहरूलाई लागू औषधको कुलतबाट मुक्त गराउन यस्ता खाले कार्यक्रमहरूले ठूलो टेवा मिल्ने बताउनुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अर्जुनधारा नगर कार्यपालिका सदस्य गौरीमाया चिमरीयाले लागू औषध सेवन अहिलेको विकराल समस्या बन्दै गएको र  प्रयोगकर्ताको  घरबाट नै पहिचान गरी समाधानमा सहयोग गर्न सम्पूर्ण अभिभावकहरुलाई आग्रह गर्नुभयो।

कार्यक्रममा लागू औषध पूर्व प्रयोगकर्ता एवम् हाल लागुपदार्थ बिरुद्धका चर्चित अभियन्ता भारतको दार्जिलिङ निवासी प्रिमिस भूटीया, पूर्व प्रयोगकर्ता स्थानीय अनिस भारतीलगायतले लागुपदार्थ प्रयोगसँगै त्यसबाट मुक्त हुन गरेको संघर्ष बारे आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।

विभिन्न सामुदायिक र संस्थागत विद्यालयसँगै स्थानीयस्तरमा रहेका युवालाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा कालिस्थान माध्यमिक विद्यालय, महारानीगञ्ज माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय, शनिश्चरे माध्यमिक विद्यालय, प्रगति माध्यमिक आवासिय विद्यालय, रुपरत्न मेमोरियल अङग्रेजी आवासिय विद्यालय, सूर्यज्योति अङग्रेजी आवासिय विद्यालय र सृजना शिशु सदन अङग्रेजी आवासिय विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा गोलधाप ड्रिम डान्स एकाडेमी, प्रगति माध्यमिक आवासिय विद्यालयका कलाकारहरुले नृत्य र गगन चिमरियाले गीत प्रस्तुत प्रस्तुत गरेर उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रम उद्घाटन अघि “से नो टू ड्रग्स”, “लागुपदार्थले लिन्छ ज्यान, आफैं नखनौं आफ्नो चिहान”, “लागुपदार्थ नशा हो प्रयोग गर्नु दशा हो”, “होशियार बनौं है बुबाआमा, फस्दैछन् कि छोराछोरी कुलतमा”लगायतका नारा लेखिएको ब्यानर र प्लेकार्डसहित सहभागीहरुले गोलधाप बजार हुँदै विहिबारे बजारको परिक्रमा गरेका थिए।

क्लबका सचिव भूपालराज कार्कीले स्वागत गरेको  कार्यक्रमको सञ्चालन सञ्चारकर्मी निश्चल आचार्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...