Skip to main content

Sacho Khabar

पाँचौं मेचीनगर गोल्डकप धरानलाई हराउँदै आयोजक फाइनलमा

 

काँकरभट्टिा । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको छ । उपाधीका लागि काँकरभिट्टाले बिहिवार हुने अन्तिम सेमिफाइनल खेल चर्च व्वाइज क्लब र मच्छिन्द्र क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवस चौधरीले बचाए ।
टाइब्रेकरमा काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो ।
धरानका मिलन राई, सबिन राई, प्रज्वल थापा, अजय विष्टको प्रहार गोल हुँदा सुगम जिमीको प्रहार बाहिरिएको थियो ।
निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो ।

यस अघि खेलको ३४ औँ मिनेटमा धरानका कप्तान मिलन राईले मैदानको मध्यभागबाट सिङ्गल खेल्दै लगेर पेनाल्टी एरियामा सुरज रसाइलीलाई मिलाइदिएको सट गोलमा परिणत भयो ।
खेलको ७२ औँ मिनेटमा आयोजक काँकरभिट्टाले खेल बराबरी गरेको थियो । विवेक गुरुङले प्रहार गरेको कर्नर किकलाई पेनाल्टी एरियामा पाएको हेड बललाई हेमन्त लिम्बूले सहजै जाली चुमाएका थिए ।
खेलको ७ औँ मिनेटमा आयोजकका विदेशी खेलाडी इब्राइमको क्रस पासमा अर्का विदेशी खेलाडी एलेक्स गोल गर्नबाट चुके । सबै खेलाडी बिट भएको अवस्थामा पाएको मौकामा उनी चुके । ३२ औँ मिनेटमा धरानका गोलरक्षक अगाडि बढेको समयमा इब्राहिमले गरेका भलि प्रहार फ्रेममा पर्न सकेन । ४८ औँ मिनेटमा आयोजकका अभिषेक गुरुङले गरेको प्रहार धरानका गोलरक्षक प्रविन लिम्बूले पञ्च गर्दै क्लियर गराए ।
खेलको २९ औँ मिनेटमा धरानका मिलन राईको हेडर गोलरक्षक विवस चौधरीले वान हेण्ड सेफ गरे । खेलको ८८ औँ मिनेटमा धरानले अग्रता लिने अवसरबाट चुक्यो । धरानका सुरज रसाइली र विवेक राईको प्रहार बारमा लागेर फर्कियो ।
खेलको प्लेयर अफ द म्याच गोलरक्षक विवस चौधरी भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरीका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी)ले उपलब्ध गराएका हुन् ।

खेलपछि काँकरभट्टिाका प्रशिक्षक मुन्ना सुब्बाले प्रतिपक्षि टिम होमसेट हुँदाहुँदै पनि जित निकाल्न सफल भएको बताए । उनले हाम्रो टिममा तालमेल मिल्न नसक्दा स्कोर बढाउन नसकेको स्वीकार गरे ।
यता धरानका प्रशिक्षक हेमकुमार गुरुङले खेलाडीले राम्रो खेल्दा खेल्दै पनि नजिता आफ्नो हातमा नपर्नु दुर्भाग्य भएको बताए । उनले निरन्तरको खेल तालिकाले खेलाडी थाकेका कारण पनि सोचे अनुरुप नतिजा ल्याउन नसकेको बताए ।
फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...