Skip to main content

Sacho Khabar

पाँचौँ मेचीनगर गोल्डकप: एपीएफलाई हराउँदै मछिन्द्र अन्तिम चारमा

 

झापा । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ ।
मच्छिन्द्रले जितमा १–० को संघर्षपूर्ण जित निकाल्यो । मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए । उनले स्टेफन कामाहाको पासमा पेनाल्टी एरियाबाट गोल गरे ।
मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेडको सामना गर्नेछ । खेलको ११ औँ मिनेटमा मच्छिन्द्रका आदित्य शाक्यको क्रसमा स्टेफन कामाहाले गरेको हेडर बाहिरियो । खेलको ३५ औँ मिनेटमा मछिन्द्रका पुजन श्रेष्ठको फ्रिकिकलाई विदेशी खेलाडी युसुफ मलिकले सदुपयोग गर्न सकेनन् ।

पहिलो हाफको अतिरिक्त समयमा आदित्य शाक्यको पासमा मोहित गुरुङ गोल लगाउनबाट चुके । लगत्तै कामाहाको पासमा युसफको पावरफुल सट बाहिरियो । खेलको ७४ औँ मिनेटमा एपिएफका गोलरक्षक विशाल गुरुङ वीट भएको समयमा विकास टिटुङले गोल लाइनबाट बचाए । ८५ औँ मिनेटमा कामाहाको प्रहार दोस्रो बारमा लागेर फर्कियो ।
खेलको अधिकांश समय बल पोजिशन राखेको मच्छिन्द्र थप गोल गर्न भने सकेन । मच्छिन्द्रका खेलाडीले पाएका दर्जन अवसरहरु गुमाएपछि परिचित प्रतिद्धन्दी एपीएफसँग संघर्षपूर्ण जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
एपिएफका लागि खेलको ७३ औँ मिनेटमा कप्तान हरि कार्कीले १८ यार्डबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक विशाल श्रेष्ठले पञ्च गरेर बचाए । ८० औँ मिनेटमा पेनाल्टी एरियमा अनमार्क रहेका अनिश महर्जनले गरेका प्रहार बाहिरिदा एपीएफ पहिलो चरणबाटै घर फर्किएको छ । मच्छिन्द्रका प्रशिक्षक गणेश कटुवालले दुवै टिम राम्रो थियो तर हाम्रो टिम सेट नभएर सोचेजति स्कोर निकाल्न नसकिएको बताए । कटुवालले लगातारका प्रतियोगिताका कारण पनि खेलाडीहरुलाई आराम नहुँदा खेल सोचे जस्तो हुन नसकेको बताए ।
एपिएफका प्रशिक्षक तोप विष्टले लगातार भइरहेका प्रतियोगितामा सहभागि हुन परेका कारण अपेक्षित खेल प्रर्दशन हुन नसकेको बताए । उनले एन्फाको अव्यवहारिक खेल तालिकाका कारण खेलाडी घाइते हुने गरेकाले आगामी दिनमा तालिका सार्वजनिक गर्दा खेलाडीले आराम पाउने गरी बनाउन अनुरोध पनि गरे । खेलाडीले नतिजा निकाल्न नसकेपनि सन्तोषजनक प्रर्दशन गरेका बताए ।


खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका निर्णायक गोलकर्ता युसुफ मलिक भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरीका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी)ले उपलब्ध गराएका हुन् । बुधवार हुने पहिलो सेमिफाइनल खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लबबिच हुने आयोजक छ ।
काँकरभिट्टाले उद्घाटन खेलमा जर्जियन एफसीलाई र धरानले उज्वेकिस्तानको व्ल्याक बुल्सलाई हराएर सेमिफाइनलको यात्रा तय गरेका थिए ।

फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...