Skip to main content

Sacho Khabar

मेचीनगर गोल्डकप: झापा एफसीलाई पराजित गर्दै चर्च व्वाइज सेमिफाइनल प्रवेश

 

काँकरभिट्टा । नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च व्वाइज युनाइटेडसँग पराजित भएको छ । काँकरभिट्टामा जारी पाँचौ मेचीनगर गोल्डकपको आइतबार सम्पन्न खेलमा चर्च व्वाइज विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरीमा सकिएपछि निर्णायकका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी गोल भएपछि सडनडेथ मार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल सफल भए भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए ।
यसअघि भएको टाइब्रेकरमा चर्च व्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले गोल गर्न सफल भए पनि सुरजज्यू ठकुरीको प्रहार झापाका गोलरक्षक कृशल मोक्तानले बचाए । झापाका रोशन पहारी, प्रविन बस्नेत, बाफोर र गौरब धिमालले प्रहार गोल भएको थियो भने अभिनास स्याङ्तानको प्रहार बाहिरिएको थियो ।
खेलको ६९ औँ मिनेटमा चर्च व्वाइजका लागि विदेशी खेलाडी रिचार्डले गोल गर्दै अग्रता दिलाएका थिए । अबयोमि फकुन्लेले पेनाल्टी एरियामा दिएको पासमा झापाका २ जना डिफेन्डरलाई बिट गर्दै उनले सुन्दर गोल गरेका थिए ।
खेलको ९० औँ मिनेटमा झापाका कप्तान श्याम मुर्मुले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । चर्च व्वाइजका डिफेन्डरबाट रिबाउन्स भएको बललाई मुर्मुले वान टचमा गोल गर्न सफल भए ।

खेलको १६ औँ मिनेटमा झापा एफसीका धिरज विष्टको प्रहारलाई चर्च व्वाइजका गोलरक्षक टेकन्द्र थापाले बचाए । १९ औँ मिनेटमा झापाका प्रविन बस्नेतको प्रहारले गोलपेष्टको दिशा लिन सकेन । २१ औँ मिनेटमा झापाकै विदेशी खेलाडी फैजलको प्रहार पोल नजिकैबाट बाहिरियो । २७ औँ मिनेटमा चर्च व्वाइजका विदेशी खेलाडी सर्जे डिकाको प्रहार पोष्ट नजिकबाट बाहिरियो । २८ औँ मिनेटमा झापाका कप्तान आर्यन राईको प्रहारले पनि पोष्टमाथिबाट बाहिररियो । ३२ औँ मिनेटमा झापाली कप्तान आर्यान राई घाइते भएपछि श्याम मुर्मुलाई कप्तानको जिम्मेवारी दिइएका थियो । ३४ औँ मिनेटमा झापाकाा अभिशेक स्याङतानको प्रहार चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले उत्कृट बचाउ गरे ।  खेलको ३९ औँ मिनेटमा चर्च व्वाइजले पाएको फ्रि किकले समेत गोलको दिशा लिन सकेन । पहिलो हाफको खेलमा दुबै टिमले मौका पाए पनि गोल गर्न चुके ।
खेलको ५० औँ मिनेटमा चर्च व्वाइजका सुरजज्यू ठकुरीको कर्नर प्रहार पनि विफल भयो । खेलको ७२ औँ मिनेटमा चर्च व्वाइजले खेललाई दोब्बर बनाउने मौका पाए पनि चुक्यो ।
खेलको प्लेयर अफ द म्याच चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापा भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सोमवारको खेल धरान एफसी र उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीबीच हुनेछ ।
खेलपछि विजेता चर्च व्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले दर्शकको अपेक्षा अनुसारको खेल पस्किन नसकेको बताए । उनले व्यस्त खेल तालिकाका कारण खेलाडीहरु थाकेकाले चाहेजस्तो प्रर्दशन हुन नसकेको बताए ।
त्यस्तै झापा एफसीका प्रशिक्षक प्रवेश कटुवालले एनएसएलको तयारीका लागि केही खेलाडी मात्र मैदानमा उतारेको बताए । उनले पूर्ण टिम भएको भए नतिजा अर्कै हुने दावी गरे ।
प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले नगद ५ लाख र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालका ६ सहित भारत र उज्वेकिस्तानको टिम सहभागी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...