Skip to main content

Sacho Khabar

सुखानी पुगेका नेताले भने – एमाले बाहेक कसैले सहिदको सपना पुरा गर्न सक्दैन

 

झापा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैले सदिहको सपना पुरा गर्न नसक्ने बताउनु भएको छ ।
नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहत स्थलमा आयोजित स्मृति दिवसमा उहाँले सहिदको सपना गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताउनुभयो । सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदहरुको सपना पुरा हुने बताउँदै उहाँले गन्तव्यहिन यात्रामा रहेका, अलमलमा परेकाहरुलाई पार्टीमा फर्किन आव्हान गर्नुभयो ।
माई नगर कमिटीको व्यवस्थापनमा आयोजित ५३ औं सहिद दिवसमा उपाध्यक्ष बरालले समृद्ध राष्ट्र निर्माणको गर्ने अभियानमा जोडिन आग्रह गर्दै भन्नुभयो – ‘यो मुलुकको विकासको नेतृत्व एमालेले गर्छ, तपाईहरु मुलुप्रवाहमा समाहित हुनुहोस् ।’
नेपाली जनताको मुक्तिका लागि जीवन बलिदान दिने सहिदहरुको सपना साकार पार्न एमाले बाहेकले खुट्टा कमाउने अवस्था छ, उहाँले भन्नुभयो – अरुले खुट्टा लरबराउन सक्छन्, बाटो विराउन सक्छन् । गन्तव्यहिन यात्रा रोज्न सक्छन् । एमाले सहिदको सपना पुरा गर्न सधैं प्रतिवद्ध भई लागिरहनेछ ।
नेता बरालले संविधानका सवल पक्षलाई अघि बढाउदै कमजोरी रहेको अवस्थामा सच्याएर जानुपर्ने बताउनुभयो । संविधान कार्यान्वयनको चरणमा कुनै कमजोरीहरु रहेको खण्डमा सच्याएर जाने सकिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि बरालले नेपाली कांग्रेससँग प्रतिष्पर्धा र सहकार्य रहने बताउनुभयो ।
कार्यक्रममा नेत्र घिमिरेको छोरी कल्पना घिमिरेले सहिद परिवारलाई कुनै स्वार्थ नरहेको बताउनु भएको छ । विगतमा सबैखाले समस्याहरु भोगियो, अब जनताको सुख नै सहिद परिवार एक मात्र स्वार्थ हुने उहाँको धारणा छ ।
सुखानी सहिदहरुको प्रेरणाले नै लाखौं नेपालीहरु नेकपा एमालेमा लागेको र देशको सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी बन्न सफल भएको उहाँको भनाई छ । उहाँले सहिदले देखाएको बाटो नभुल्न आग्रह गर्दै जनताको चहानालाई प्राथमिकतामा राखेर जानुपर्ने बताउनुभयो ।
वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँच जना नेताहरु दाहाल, घिमिरे, कुइँकेल, राजवंशी र श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...