Sacho Khabar

भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा

 

भद्रपुर, फागुन १३ । आयोजकको टिम भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । योसँगै भद्रपुरले सात लाख पुरस्कार सुरक्षित गरेको छ ।
भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै उपाधिनजिक पुगेको हो ।
९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले बंगलादेशलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।
टाइब्रेकरमा भद्रपुरका तर्फबाट सत्यम शर्मा, दिवश उराउ, विदेशी खेलाडीहरू अरमान बिडोङ र अबयोमिले गोल गरे । कुलदिप कार्कीको प्रहार गोलपोस्टमा लागेर बाहिरियो ।
त्यस्तै, बंगलादेशका तर्फबाट साइडोस्टोन, एस सिल्लाह र साहिदले गोल गरे । युसुफ एमबीको प्रहार क्रसबारमा र इब्राहिमको प्रहार गोलपोस्टमा लागेर बाहिरियो ।


घरेलु दर्शकको समर्थन पाएको आयोजक भद्रपुर ब्लेजर्सले खेलको २९ औँ मिनेटमा अग्रता लिएको थियो । भद्रपुरका विदेशी खेलाडी अबयोमीले पेनाल्टी एरियाबाट गरेको प्रहार डिफेन्सबाट रिबाउन्स भएको बललाई सत्यम शर्माले कडा प्रहार गरी जाली चुमाए ।
पहिलो हाफमा १–० ले पछि परेको बंगलादेशले खेलको ६२ औँ मिनेटमा खेल बराबरीका ल्यायो । काजी रहदको लङ थ्रो पासमा साकिलले हेडमार्फत दोस्रो बार च्याप्दै गोल गरे ।
खेलको २१ औँ मिनेटमा भद्रपुरका कप्तान आशिष चापागाईंले गरेको कडा प्रहार क्रस बारमा लागेर फर्कियो । सोही बललाई अबयोमीले गरेको प्रहार आकाशियो । खेलको ७१ औँ मिनेटमा भद्रपुरका मिलन राईले गरेको प्रहार बाहिरियो ।
खेलको ८३ औँ मिनेटमा अबयोमीको क्रस पास प्रताप राईको कडा प्रहार क्रसबारको मध्य भागमा लाग्यो । खेलको ३४ औँ मिनेटमा बंगलादेशका साहिदको क्रस पासमा साइडोस्टोनले अवसर गुमाए ।
खेलको प्लेयर अफ द म्याच भद्रपुरका गोलकिपर टेकेन्द्र थापा भए । उनले नगद २१ हजार  र ट्रफी पाए ।

खेलपछिको पोस्टम्याच कन्फ्रेन्समा भद्रपुरका प्रशिक्षक सचिन्द्र धिमालले आजको खेल निक्कै संघर्षपू्र्ण रहेको बताए । पहिलो हाफमा अग्रता लिए पनि खेल अन्तिम समयमा बराबरीमा रोक्किदा टाइब्रेकरमा सफलता मिलेको उनको भनाइ छ । फाइनलमा केही रणनीति बनाएर यही टिम मैदान उत्रार्ने उनले बताए ।
त्यस्तै, बंगलादेशका प्रशिक्षक सोएल रहमानले आजको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताए । खेल बराबरी भए पनि टाइब्रेकरमा चुक्दा हार व्यहोर्नु परेको उनको भनाइ छ ।
सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत बुधबार अन्तिम सेमिफाइनल खेलमा झापा ११ एफसी र डागा युनाइटेड भुटानबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...