Skip to main content

Sacho Khabar

दोस्रो जिर्मले फुटबल लिग आजबाट सुरु: उद्घाटन खेलमा खर्कगाउँ एफसी विजयी

 

रोङ माघ २६ ।। इलामको रोङ गाउँपालिका वडा नं ६ जिर्मलेमा दोस्रो जिर्मले फुटबल लिग २०८१ आजबाट सुरु भएको छ । आज भएको उद्घाटन खेलमा  खर्कगाउँ एफसीले पहिलो संस्करणको विजेता लामिटार एफसीलाई ३–२ गोल अन्तरले पाराजित गर्दै ३ अंक जोड्न सफल भएको छ ।

जिर्मले फुटबल लिग संचालक समितिका अध्यक्ष भुवन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा रोङ गाउँपालिकाका अध्यक्ष मणी कुमार तामाङ सुवास रहेका थिए । त्यस्तै पालिका उपाध्यक्ष विष्णुमाया खवास लगायत विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय समाजसेवी, खेलप्रेमीको आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित सम्पूर्णलाई वडा नम्बर ६ का वडाध्यक्ष सत्यम् राई चौरासेले शाब्दिक स्वागत गरेका थिए ।

प्रतियोगिताको बिचमा देखाइएको सांस्कृतिक प्रस्तुतीले त्यहाँ थप रौनकता प्रदान गरेको देख्न सकिन्थ्यो ।

विभिन्न १० वटा टिम सहभागि भएको प्रतियोगिताको विजेता टिमले नगद ७५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र साथै तेस्रो हुने टिमले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा खेलाडी उत्पादन र खेलकुदको विकासको लागि रोङ गाउँपालिकाले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरु आयोजना गर्दै जाने प्रमुख अतिथि मणि कुमार तामाङले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...