Sacho Khabar

क्यान्सर रोग भयावह बन्दै झापामा मात्रै दुई हजार पाँच सय त्रियासी नयाँ बिरामी थपिए।

 

झापा । झापामा क्यान्सर रोगी उल्लेख्य रुपमा बढेको तथ्याङ्क सार्वजनिक भएको छ । झापामा आर्थिक वर्ष २०८०/०८१ मा क्यान्सरका दुई हजार ५ सय ८३ जना बिरामी फेला परेका थिए । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १७ प्रतिशतले बढेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चूडामणि लुइँटेलले जानकारी दिए । झापामा क्यान्सरका कारणले धेरैले ज्यान गुमाउनु परेको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयसँग भएको तथ्याङ्क र जानकारी भन्दा पनि धेरै क्यान्सर राोगीहरु भmझापामा रहेको हुन सक्ने सूचना अधिकारी लुइँटेलले बताए । उनले भने– झापामा नाटकीय रुपमा क्यान्सर बढेको छ, पर्याप्त खोज र अनुसन्धान अझै गर्न जरुरी छ । उनले झापाको वास्तविक तथ्याङ्क अझै पनि फेला नपरेको भन्दै हरेक स्थानीय तहले हेल्थ प्रोफाइल बनाउन जरुरी रहेको बताए ।

कुन समुदाय, कुन उमेर तथा कुन क्षेत्र क्यान्सरका कारण धेरै प्रभावित रहेको छ भन्ने तथ्याङ्क हालसम्म टुङ्गो नलागेको भन्दै उनले स्थानीय तहले हरेक रोगको वर्गीकरण गर्न जरुरी रहेको उल्लेख गरे । झापामा नै क्यान्सर रोगको उपचार गर्ने अस्पताल रहेकाले मात्रै यस्ता सीमित सङ्ख्यामा तथ्याङ्क आए पनि यति मात्रैमा नरहेको भन्दै वास्तविक तथ्याङ्क अझै नआएको स्वीकार गरे ।

यसैबीच झापामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाइने भएको छ । विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार चारआलीस्थित शहीद दशरथ चन्द माबिमा औपचारिक रुपमा एचपीभी खोप अभियानको उद्घाटन गरिएको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक विश्वनाथ बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटी, मेचीनगर उपप्रमुख मिना पोख्रेल, मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतले बोलेका थिए । शहीद दशरथ चन्द माविका कक्षा ६ देखि १० सम्मका तीन सय ५० जना छात्रालाई उक्त खोप निःशुल्क रुपमा लगाइएको थियो । कार्यक्रममा प्रअ लेखनाथ पौडेलले स्वागत गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार विद्यालय बाहिर रहेका १०देखि १४ वर्ष उमेर समूहका आठ हजार ९८१ सहित विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका ४६ हजार १८ गरी ५४ हजार ९ सय ९९ जना किशोरीलाई एचपीभी खोप लगाइने छ । माघ २२ गते विश्व क्यान्सर दिवसका दिनदेखि माघ २९ गतेसम्म एचपीभी खोप अभियान जिल्लाभर सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लुइँटेलले जानकारी दिए ।

झापाका एक सय ३१ वटै वडामा एक साथ खोप अभियान शुरु भएको छ । मेचीनगर, दमक र बिर्तामोडमा माघ २९ गतेसम्म खोप अभियान सञ्चालन भए पनि अन्य पालिकाहरूमा माघ २७ गतेसम्म सञ्चालन हुने लुइँटेलले बताए । जिल्लाभर ५ सय ७५ विद्यालयमा सञ्चालन हुने खोप अभियानमा ७ सय ५५ खोप केन्द्र, ७८१ स्वास्थ्यकर्मी र एक हजार ५१५ स्वयंसेवक खटिएका छन् । पाठेघरको मुखको क्यान्सर विश्वमा चौथो तथा नेपालमा दोस्रो स्थानमा रहेको तथ्याङ्कमा उल्लेख छ । अन्य क्यान्सर रोगभन्दा नेपालमा पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या पहिलो नम्बरमा रहेको विभिन्न तथ्याङ्कहरूले देखाएका छन् ।

पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रत्येक दिन चार जनाको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ । यो रोगको लक्षणहरूमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, कमजोरी महसुस हुने, रक्त अल्पता हुने लगायत रहेका छन् । एचपीभीको दुई सयभन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् ।

यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यसमध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक हुन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ । त्यसैले किशोरीहरूलाई सिकोलिन नामक एचपीभी खोप लगाइने उनले बताए ।

क्यान्सर जस्ता नसर्ने रोग लाग्ने मुख्य कारण सुर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन, अस्वस्थकर भोजन र वायु प्रदूषण, मानिसको जीवनशैली लगायत रहेको चिकित्सकहरूको भनाइ छ । यस्ता रोगबाट बाँच्न वा मृत्युदर घटाउन रोगको शुरुको अवस्थामै पहिचान गर्नु, नियमित स्वास्थ्य परीक्षण गर्नु, जीवनशैलीगत अस्वस्थकर व्यवहार हटाउनु र रोगीको राम्रो उपचार तथा स्याहार गर्नु नै मुख्य उपाय भएको लुइँटेलको भनाइ छ ।

नसर्ने रोगबारे सचेतता नअपनाउने र जीवनशैलीमा सुधार नगर्ने हो भने यो भयावह बन्दै देशकै लागि ठुलो चुनौतीको विषय बन्ने छ । शारीरिक निष्क्रियता, धुमपान तथा मद्यपानको सेवन र अस्वस्थकर खानपिन (चिल्लो र नुनको मात्रा बढी भएको र फलफूल तथा सागपात जस्ता तरकारीको मात्रा कम लिने) जस्ता कारणले नसर्ने रोगको जोखिम बढेर जाने चिकित्सकहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागे...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...
प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

धादिङ — धादिङ क्षेत्र नम्बर–२ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको क्षेत्र भ्रमण अहिले चर्चामा आएको छ। श्...
धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

काठमण्डौं धादिङको धुनिवेशी नगरपालिका घर भएका ३६ वर्षीय राजेन्द्र विसुन्खे धादिङको चरौंदीमा भएको बस दुर्घटनामा घाइते भएका छन्। ह...