Skip to main content

Sacho Khabar

बर्खा स्मृति अन्तरपालिका क्रीकेट : सेमिफाइनल समीकरण पूरा

बुद्धशान्ति , माघ १६ ।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ ।

आज भएको क्वाटर फाईनल खेलमा गौरादहले अर्जुनधारालाई र मेचिनगरले कचनकवललाई पराजित गरे सङ्गै सेमिफाइनलको समीकरण पूरा भएको हो ।

आज भएको पहिलो खेलमा गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई ७२ रनले पराजित गर्दै सेमीफाईनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर पहिले ब्याटिङको गरेको गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई २१६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । गौरादहका लागि सुरज न्यौपानेले ७५ र अर्जुन यादवले ३४ रन बनाएका थिए। ठूलो लक्ष्य पछ्याउने क्रममा अर्जुनधारा १९.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १४३ रन बनाउन सफल भयो।
गौरादह लाई बिजय दिलाउन महत्त्वपूर्ण ७५ रन बनाउनुका साथै ३ विकेट समेत लिएका सुरज न्यौपाने खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार,मेडल र ट्रफी प्राप्त गरे ।

त्यसैगरी दोस्रो खेलमा मेचीनगर नगरपालिकाले कचनकवल गाउँपालिका लाई ५३ रन अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। पहिले ब्याटिङ गरेको मेचीनगर नगरपालिकाले कचनकवल सामु १६२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।मेचीनगरले १९.१ ओभरमा सबै विकेट गुमाएर सन्दिप ढुंगानाको ४७ र अमित श्रेष्ठको ५५ रनको योगदानले १६१ रन बनाएको थियो । १६२ रनको लक्ष्य पछ्याएको कचनकवल गाउँपालिकाले १८ ओभरमा अलआउट हुँदै मात्र १०८ बनाउन सफल भयो। मेचीनगर लाई जित दिलाउन ४७ रन बनाउनुका साथै ३ विकेट समेत लिएका सन्दिप ढुंगाना खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ ,मेडल र ट्रफी प्राप्त गरे।

त्यसैगरि भोलिको पहिलो सेमिफाइनलमा बिर्तामोड र गौरादह नगरपालिका भिडने छन् भने दोश्रो खेल भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिका बिच रहने छ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...