Skip to main content

Sacho Khabar

ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण

 

झापा बुद्धशान्ति गाउँपालिका–७ का ८० बर्ष माथिका ५५ जना ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ ।

जाडोको समयमा ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा कुनै समस्या नहोस् भन्ने उद्धेश्यले कम्बल बितरण गरिएको हो । जसमा ८० बर्ष मुनिका केही विपन्न, एकल र दलित परिवारका ज्येष्ठ नागरिक पनि रहेका छन ।

बुद्धशान्ति–७ वडा कार्यालयले आर्थिक बर्ष २०८१/०८२ का लागि बिनियोजित बजेट ५० हजार रुपैंयाबाट कम्बल खरिद गरि सोमबार एक कार्यक्रमको आयोजना गरि बितरण गरिएको हो ।

वडाध्यक्ष चन्द्र भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य खगेन्द्र गड्तौला, डिकुरा घिमिरे, शष्ट कुमार रार्इ, राष्ट्रिय बिजय माबि।का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन लावती, पूर्व जनप्रतिनिधि मातृका निरौला, सामाजिक ब्यक्तित्व निरकुमार सुबेदी, ज्येष्ठ नागरिक बुद्धशान्ति–७ का सस्थापक अध्यक्ष कृष्णलाल निरौला लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा सदस्य खगेन्द्र गडतौलाले स्वागत गरे भने कार्यक्रमको सञ्चाालन वडा सचिव ममता रिजालले गरेकी थिइन् । कार्यक्रममा अनुपस्थित ज्येष्ठ नागरिकलाई घरैमा पुगेर वडाले कम्बल बितरण गर्ने वडाध्यक्ष भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...

मुन्थला पूर्णिमा मेला–२०८२ भव्य रूपमा सम्पन्न

गोरखा , बैशाख १९ अशोक श्रेष्ठ गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्थित धार्मिक तथा ऐतिहासिक स्थल मुन्थला मन्दिरमा यस वर्ष पन...
धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङ, चैत २९ अशोक श्रेष्ठ प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछ...