Skip to main content

Sacho Khabar

राष्ट्रिय भक्का दिवस पौष २९ गते झापामा भव्य रुपमा मनाइने

 

झापा पौष २० ।। विगतका बर्सहरू झैँ यस वर्ष पनि आठौँ संस्करणको राष्ट्रिय भाक्का दिवस २०८१ु मनाउने भव्य तयारी सुरु भएको छ । हरेक वर्ष पौष २९ गते राजवंशी, ताजपुरिया , गनगाई , माझी लगायतका समुदायले  भव्य रुपमा भाक्का दिवस मनाउने गरेका छन् ।

वि.सं. २०७४ साल देखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका आदिवासी राजवंशी, ताजपुरिया ,ठाकुर , गनगाई ,माझी आदि समुदायको संस्कार ,संस्कृति तथा मौलिक परिकारहरूको संवर्द्धन गर्दै देशको सांस्कृतिक विविधतालाई विश्वमा नै उदाहरणीय बनाउने उद्देश्यले हरेक वर्ष पौष २९ गते भाक्का दिवस मनाउने निर्णय गरेको हो । र त्यति बेला देखि नै झापा, मोरङ, सुनसरी र सङ्घीय राजधानी काठमाडौँको विभिन्न स्थानमा एकसाथ विभिन्न कार्यक्रम गरी भाक्का दिवस भव्यताको साथ मनाउने गरिएको छ ।

सुरुवात देखि नै भाक्का दिवसलाई भव्य बनाउन देश तथा विदेशका कलाकार, अतिथि एवं सारा नेपाली जनताहरूले साथ दिएको पाइन्छ । सदाझैँ यस वर्ष पनि राजवंशी समाज विकास समितिले झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रङ्गशालामा आठौँ संस्करणको भाक्का दिवस २०८१ आयोजना गर्दै छ । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीका अनुसार, यसवर्ष कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

साथै कार्यक्रममा नेपालको लोकप्रिय गायिका रचना रिमाल, भारतीय कलाकार र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ । व्यावसायिक सेफहरूद्वारा भाक्का माछा सँगै विभिन्न परिकारहरूको निःशुल्क वितरण , राजवंशी संस्कृतिसँग सम्बन्धित लोक गरगहना , पहिरन तथा लोकबाजाको प्रदर्शनी रहने कार्यक्रममा हजारौँ भारतीय पाहुना सहित पचास हजार बढी मानिसहरूको सहभागिता रहने र कार्यक्रममा तीस हजार बढी मानिसहरूले भाक्का खाने आकलन आयोजकले गरेको छ।

पूर्वी तराईका आदिवासी राजवंशी समुदायमा जाडो छल्न छोरी चेलीहरूलाई घर बोलाएर र अरू पाहुनालाई समेत भाक्का सँगै ब्वाली माछा ख्वाउने प्रचलन परापुर्वकाल देखि नै रहेता पनि पछिल्लो केही दशकदेखि जाडोयाममा भाक्का हरेक शहर अनि गल्लीको व्यावसायिक परिकार बनेको छ । विशेष गरी जाडो मौसममा खाइने भाक्का ,सबैले खाने र सबै उमेर समूहले मन पराउने परिकार हो । राजवंशी समुदायको मौलिक परिकार भाक्कालाई पछिल्ला दिनहरूमा ठुला तारे होटलहरुको मेन्युमा समेत समाविष्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...