Skip to main content

Sacho Khabar

दोस्रो सेमिफाइनल खेलमा आज आयोजक र सनिश्चरे फुटबल क्लब भिड्दै

 

इट्टाभट्टा कार्तिक ७।। झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेशका लागि आज आयोजक र शनिश्चरे फुटबल क्लब आमनेसामने हुँदैछन् । प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल अन्तर्गत आज दिउँसो यी दुई टिम भिड्न लागेका हुन् ।

आजको खेल जिते मात्रै पनि ५१ हजार १११ रूपैयाँ सुरक्षित हुने हुँदा दुवै टिमले गर या मरको अवस्थामा खेल्ने छन् । प्रतियोगितामा आयोजक घरेलु मैदान र दर्शकको दर्बिलो साथमा उच्च मनोबल लिएर मैदान प्रवेश गर्दा यता शनिश्चरे पनि आफुलाई उपाधि दाबेदार साबित गर्न तल्लिन देखिन्छ । आयोजक तथा दर्शकहरूले आजको खेललाई प्रतियोगिताकै महत्त्वपूर्ण खेलको रूपमा हेरेको आयोजक इँटाभट्टा फुटबल  क्लबका उपाध्यक्ष रमेश धिमाल बताउँछन् ।

ह्याप्पी क्लब काँकरभिट्टा झापा एफसीलाई पराजित गर्दै फाइनल पुगिसकेको छ । कात्तिक ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १ लाख ११ हजार १११ र उपविजेताले ५१ हजार १११ सहित आकर्षक ट्रफी पाउने छ ।

प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीले नगद २ हजार १ सयसहित ट्रफी प्राप्त गर्दा विधागततर्फ पुरस्कृत खेलाडीले जनही ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

बाढीपछि त्रिशूली नदी सरसफाइमा स्थानीयसहित जुट्यो बेनीघाट रोराङ गाउँपालिका

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा त्रिशूली नदी सरसफाइ तथा विपद् जोखिम न्यूनीकरण अभियान सम्पन्न भएको छ। भोटेकोशी तथा त्रिशूली नदीम...
“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

“एक लायन, एक बिरुवा” अभियानः आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा जुट्यो लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

धादिङवेशी, धादिङ "पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ" भन्ने...
फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न, सार्वजनिक सुनुवाइमार्फत आय–व्यय विवरण सार्वजनिक

  धादिङ, असार १३। धादिङको गङ्गाजमुना गाउँपालिका–५, फुलखर्क मा निर्माण सम्पन्न भएको फुलखर्क खानेपानी तथा सरसफाइ आयोजना को स...
कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

कुरिनटारमा सार्वजनिक गरियो “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी”

  चितवनको कुरिनटारमा Mahindra को नयाँ “महेन्द्र बोलेरो म्याक्स पिकअप एचडी” सार्वजनिक गरिएको छ। Agni Group(!) अन्तर्गतको Ag...