Sacho Khabar

माल्दिभ्स विरुद्ध नेपाललको फराकिलो जीत, रेखा पौडेल एक्लैको ५ गोल

 

  काठमाडौं ।।  साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको छ ।

दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा माल्दिभ्समाथि ११-० को फराकिलो जितका साथ नेपाल अंक तालिकाको शीर्षस्थानमा पनि उक्लिएको छ । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । नेपालको जितमा रेखा पौडेलले ५ गोल र प्रिती राईले ह्याट्रिक पूरा गर्दा सविता राना मगर, अमिशा कार्की र अनिता केसीले १-१ गोल गरे ।

नेपालको २ खेलमा ४ अंक छ । भुटानको समान ४ अंक भएपनि गोल अन्तरमा नेपाल अघि छ । श्रीलंकाको ३ अंक हुँदा माल्दिभ्सले खाता खोलेको छैन । अब अन्तिम खेलमा नेपालले बराबरी गरे मात्र पनि सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह विजेता बन्न भने भुटानको नतिजा पर्खनुपर्नेछ ।

खेलको सातौं मिनेटमा नेपालले प्रितीको गोलमा अग्रता लियो । सविता राना मगरले दिएको छोटो कर्नरमा प्रितीले गरेको फितलो प्रहार माल्दिभ्सका २ डिफेन्डर र गोलरक्षकलाई छिचोल्दै निअर पोस्टबाट गोल भएको थियो ।

२४ औं मिनेटमा नेपालको गोलमा गोलरक्षक अमिनाथ लिजा बाधक बनिन् । रेखाको क्रसमा रश्मी कुमारी घिसिङले ६ यार्ड बक्स भित्रबाट गरेको शक्तिशाली हेडर अमिनाथले विफल परिन् ।

२९ औं मिनेटमा सविताले नेपालको अग्रता दोब्बर पारिन् । पेनाल्टी क्षेत्रबाहिर सरुको पासलाई नियन्त्रणमा लिँदै सविताले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

३२ औं मिनेटमा रेखाले नेपाललाई ३-० ले अघि बढाइन् । रश्मीले दिएको पासलाई रेखाले गोललाइनको ठिक अघिबाट छातीले गोल गरिन् । लगत्तै रश्मीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको लगातार दुई प्रहारले पोस्टको दिशा लिएन ।

३८ औं मिनेटमा विमला चौधरीले २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार क्रसबारमा लागेर बाहिरियो । ४२ औं मिनेटमा रेखाले अर्को गोल थपिन् । सविताको पासमा रेखाले पहिलो टचमै गरेको प्रहार गोलरक्षक अमिनाथले बचाउन खोजेपनि उनको हातमा लाग्दै गोल भएको थियो ।

दोस्रो हाफको दुई मिनेट नबित्दै रेखाले ह्याट्रिक पूरा गरिन् । ६ यार्ड बक्सभित्र रेखाकै पास डिफेन्डरलाई लागेर फर्केपछि उनले रिबाउन्डलाई गोलमा परिणत गरिन् ।

६० औं मिनेटमा सविताले अर्को गोल थप्ने अवसर सदुपयोग गर्न सकिनन् । पेनाल्टी क्षेत्र बाहिरबाट प्रितीको प्रहार गोलरक्षक अमिनाथले रोकेपछि आएको रिबाउन्डलाई सविताले पोस्टको दिशा दिन सकिनन् ।

६३ औं मिनेटमा रेखाले व्यक्तिगत चौथो गोल गरिन् । सरुले दिएको पासलाई रेखाले नियन्त्रणमा लिँदै वन भर्सेस वनमा सुन्दर फिनिस गरिन् । लगत्तै प्रितीले नेपालको लागि सातौं गोल थपिन् । पेनाल्टी क्षेत्र बाहिर रेखाले दिएको पासलाई प्रितीले पहिलो टचमै टप कर्नरमा फिनिस गरिन् ।

नेपालले त्यसपछि तीन परिवर्तन गर्दै अनिता केसी, अनिता बस्नेत र सजनी थोकरलाई मैदान छिराएको थियो । अनिता केसीले मैदान छिरेको पहिलो टचमै नेपालको आठौं गोल गरिन् । अनिता बस्नेतको पास डिफेन्डरलाई लाग्दै आएपछि केसीले पेनाल्टी क्षेत्र भित्र सहजै गोल गरिन् ।

७८ औं मिनेटमा रेखाले व्यक्तिगत पाँचौ र समग्रमा नवौं गोल गरिन् । अनिता केसीको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट उनले गोल गरिन् । ८६ औं मिनेटमा नेपालले पेनाल्टीको अवसर पायो । प्रितीले पेनाल्टीलाई गोलमा परिणत गर्दै १०-० को अग्रता दिलाइन् ।

त्यसको एक मिनेट नबित्दै अमिषा कार्कीले अर्को गोल गरिन् । सविताको पास डिफेन्डरलाई लागेर फर्केपछि अमिशाले गोलरक्षकलाई बिट गर्न सफल रहिन् ।

साफ अन्तर्गत बुधबार भारत र बंगलादेश साँझ ५:३० बजे खेल्नेछन् । समूह बी अन्तर्गत विहीबार दिउँसो १:३० बजे भुटान र माल्दिभ्स तथा साँझ ५:३० बजे नेपाल र श्रीलंका खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो “स्वच्छ तथा सफा पालिका” घोषणा हुने

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागे...
राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’

“हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” राष्ट्रिय क्षयरोग दिवस 2026 (मार्च 24) विशेष ‘लेख’ हरेक व...
प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठको क्षेत्र भ्रमण शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा बहस

धादिङ — धादिङ क्षेत्र नम्बर–२ बाट हालै निर्वाचित प्रतिनिधिसभा सदस्य बोध नारायण श्रेष्ठको क्षेत्र भ्रमण अहिले चर्चामा आएको छ। श्...
धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

धादिङ बस दुर्घटना: आईसियु र जनरल वार्डमा उपचाररत घाइतेहरूको स्वास्थ्यमा सुधार

काठमण्डौं धादिङको धुनिवेशी नगरपालिका घर भएका ३६ वर्षीय राजेन्द्र विसुन्खे धादिङको चरौंदीमा भएको बस दुर्घटनामा घाइते भएका छन्। ह...