काठमाडौं । काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा अहिले पानी परिरहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र भारतको बिहार(पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ। सो बुलेटिनमा लेखिएअनुसार निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ।