मौसम चिसो भएका बेला शरीरलाई न्यानो पार्न धेरै प्रकारका तातो परिकारहरू खाने गरिन्छ । शरीरको हड्डीसहित रुघाखोकीबाट मुक्त हुन, रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि विशेष खानेकुरामा ध्यान दिनु पर्ने हुन्छ । यो बेला स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ जानकारी लिनु अनिवार्य हुन्छ ।
हामी जाडो मौसममा खान सकिने परीकार तथा खानेकुराको जानकारी दिदैंछौ, जसले तपाईँको शरीर न्यानो राख्नुको साथै स्वस्थ र फिट रहन्छ ।
१. सागपात
जाडो मौसममा शरीरका लागी हरियो सागपात सबैभन्दा उत्तम भोजन हो । यसमा फाइबर, फोलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक तत्त्व पर्याप्त पाइन्छ ।
२. गाजरको खिर/हलुवा
जाडो मौसममा गाजरको हलुवाले शरीरलाई निकै फाइदा पुर्याउने गर्दछ । हलुवाको गाजर बनाउँदा“, चिनी, खुवा, अलैँची, दूध, बदाम र घ्यु हालेर कुकरमा गाजरको हलुवा बनाउन सकिन्छ ।
३. तातो भोजन
जाडो मौसममा सामान्य तातो भोजन सेवन गर्नुपर्छ । यसले शरीरमा तातोपना बढाउनुका साथै चिसोले निष्क्रिय भएको शारीरिक अङ्गलाई फाइदा समेत पुर्याउदछ ।
४. भुटुनमा तोरी तेल
कम मात्रामा नुनको प्रयोग गरी रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाएमा समेत यसले शरीरमा ताप बढाउने गर्दछ ।
५. पर्याप्त तरल पदार्थ
जाडोमा पसिना कम आए पनि पर्याप्त मात्रामा पानी एवं तरल पदार्थको सेवन गर्नुपर्छ । विशेषतः बालबालिका, गर्भवती महिला तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम खानु हुँदैन ।
६. आलस र तिल
शरीरलाई तातो बनाइराख्न आलस र तिलको सेवन प्रभावकारी मानिन्छ । आलसलाई भुटेर पाउडर बनाई बिहान बेलुका खाने तथा तिललाई दैनिक भोजनमा सामेल गरेमा चिसोबाट बच्न सकिन्छ ।
७. काजु, पिस्ता र बदाम
काजु, पिस्ता र बदाममा रहेको तेलीय गुणले शरीरलाई तातो बनाइराख्छ । अरू सामान्य अवस्थामा भन्दा जाडो सुरु भएपछि काजु, पिस्ता र बदाम बढी खान सकिन्छ ।
८. अदुवा, बेसार
सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा र बेसार जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ ।
९. जौ, गहुँ र फापर
जाडोमा भात खानु उपयुक्त मानिँदैन, यसले शरीरलाई चिस्याउने काम गर्छ । जाडोमा खाने सबैभन्दा राम्रो अन्न जौ, गहुँ र फापर हो । यी अन्नले शरीरमा तातोपना बनाइ राख्ने गर्दछन् ।
१०. मरीच
चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि मरीच निकै प्रभावकारी मानिन्छ । मरीचमा पनि कालो मरीचले शरीरमा तातोपना बढाउनुका साथै रोगसँग लड्ने क्षमता बढाउछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |