भारतमा पछिल्लो २४ घण्टामा जम्मा ९४ हजार ५२ जना नयाँ संक्रमित फेला परेका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४८ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोना भाइरसका कारण एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको हो ।
बिहार सरकारले कोरोना संक्रणका कारण मृत्यु हुनेको संख्यामा ३ हजार ९५१ अद्यावधिक गरेकाले आँकडा बढेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । कोरोनाबाट बिहारमा जुन ९ सम्म ९ हजार ४२९ जनाको मृत्यु भएको जनाइएको छ ।
कोभिड–१९ का कारण तीन लाख ५९ हजार ६७६ जनाको मृत्यु भइसकेको
कुल संक्रमित दुई करोड ९१ लाख ८३ हजार भन्दा धेरै पुग्दा २३ करोड ९० लाख ५८ हजारले खोप लगाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |