बिगतमा तपाईंले बि. बि. सि. नेपाली सेवामा कार्यरत रहेर राजनीतिक दलका नेताहरुलाई राष्ट्रिय राजनीति, जनसरोकार र राष्ट्रियताका बारेमा खरा प्रश्नहरु गरी र्याख र्याखति पारेको सुन्दा लाग्थ्यो रबिन्द्रहरु जस्ता मान्छे राजनितीमा आएर यो फोहोरी राजनीति प्रवृतिको अन्त्य गरी एउटा असल राजनीति संस्कारको विकासको निम्ती किन पहलकदमी नलिने? फलानो फलानो मान्छेहरु राजनीतिमा आइदिए कस्तो हुन्थ्यो होला भनेर कल्पना गरिने काल्पनिक मान्छे मध्यको एकजना तपाईं पनि हुनुहुन्थ्यो | रेडियोमा नेताहरुलाई प्रहार गर्ने तपाईंका प्रत्येक प्रश्नमा राष्ट्रियताको पेचिलो तिर हुन्थ्यो, बोल्ने भाषा र शैलीमा राष्ट्र प्रेमको गुन्जायस हुन्थ्यो, त्यसैले त तेस्तो काल्पनिक मान्छेको सुचिमा तपाईं पनि पर्नु भएको थियो |
एउटा सम्योग नै भन्नुपर्छ मेरो कल्पनाको त्यो सुचीमा केही अरु मान्छेहरुलाई पनि अटाउदै गर्दा अप्रत्यासित निर्णय सहित London को शान्दार र प्रतिष्ठित जागिरलाई तिलान्जली दिएर राजनीतिमा होमिने निर्णय गर्नुभयो | त्यतिखेर कमसेकम त्यस्तो शान्दार कमाइ छोडेर, मात्रै कमाउनको लागि रबिन्द्र जि राजनीति मा आउनुभको हैन भन्ने मनासिब आधार मैले भेटाएको थिए | तपाईंको राजनीतिक प्रबेशमा म लगायत लाखौं युबाहरु खुशी र उत्साहित थियौ | कमाउनकै लागि राजनीतिमा आउनुपर्ने कारण कुनै कोणबाट पनि भेटिदैनथ्यो | तर एउटा शंका मनमा उब्जिएको थियो कि, फोहोरको डङुरमा उछुट्टिएर आएको हिरा फोहोर मै बिलिन हुन्छ कि आफ्नो मुल्य र अस्तित्त्वलाई हिराकै रुपमा उभ्याउछ |
फोहोर गर्न जती सजिलो छ त्यहा भन्दा कयौ गुणा गाह्रो सफा गर्नलाई हुन्छ | भत्काएर यत्रतत्र छरिएका राजनीतिक सस्कारका अबशेसहरु जम्मा गरेर त्यसको पुन: निर्माण गर्नु पक्कै चुनौती थियो र छ पनि | लण्डनमा रेडियो बिगारेर देशको बिग्रेको राजनीतिक सस्कार सपार्न भनेर त आउनुभयो तर रेडियो र राजनीति धेरै फरक चिज हुन भन्ने कुराको हेक्का तपाईंमा नहुनु नै प्रमुख समस्या बन्दै छ कि भन्ने लागेको छ | अथवा अपेक्षा अनुसारको नतिजा तपाईंबाट पनि आउने सम्भावना एक्दमै कम हुँदै गएको आभास हुदैछ | बैकल्पिक राजनीति गर्नु भनेको आदर्श वादिकुरा गर्नु र अरुलाई गाली मात्र गर्नु होइन, यो एउटा बिचार, सोच र अभियान हो |
छिमेकी राष्ट्र भारतकै घटनाहरु हेर्दा पनि त्यहाँका किसानका समस्या र नागरिक को मौलिक हक प्रतीको मुद्दालाई एउटा अभियानकै रुपमा चलाएर केही बर्ष पछी पार्टी गठन गरी, त्यही अभियानकै कारण शान्दार जित हसिल गरेको कुरा त नजिकै छर्लङ छ त्यसैले BBC छोडेर आएकै बर्ष सम्सद बनाएनन भनेर मतदाता प्रती गुनासो गर्नु ठुलो कम्जोरी हो |
पार्टी गठन र जनताको सवालका खातिर त्यस्तो के आन्दोलन वा अभियान गर्नु भयो, जसले पुराना पार्टी भन्दा तपाईंको पार्टी फरक छ भन्ने देखाओस्, खास गरी देशमा बढ्दै गरेको राजनीतिक फोहोरी खेलबाट अत्यन्त निराशा जनताहरुलाई समेट्ने ठुलो अबसर गुमाउदै हुनुहुन्छ |
फगत Facebook र Twitter मा लेखेर मात्रै हुदैन फिल्डमा खट्न सक्नु पर्यो, जनताहरु पुराना पार्टीहरुको चर्तिकलाले चरम निराशामा रहेको यो बेलामा एउटा स्पष्ट राजनीतिक खाका प्रस्तुत गरेर उनिहरुलाई एउटा स्पष्ट बैकल्पिक बाटो पहिल्याउन सहज बनाइ दिनुपर्छ | अर्कोले राम्रो गरेन त्यसैले हामी राम्रो हौ भन्ने तपाईंको लाइन पनि उही पुरानो भएन र ?
छातीमा राष्ट्रियता बोकेका कयौ बिदत्त ब्यक्तित्वहरु छन, उहाहरुलाई पनि समेटेर केही मौलिक, प्रभाबकारी र सम्भव हुने खालका योजनाहरु ल्याउनुस् | सामाजिक सन्जाल र सुकिला मुकिलाको वरपर घुम्न छोडेर गाउ तिर जानुहोस, झुपडिमा जानुहोस, शहरी र साहित्यक भाषा हैन, गाउका गरीब र किसानहरुले बुझ्ने भाषा बोल्नुस् | Facebook र Twitter मा लेखेको तपाईंको साहित्य, मेरा बुवा आमाको पहुंचमा रहदैन | राजनीतिको जानकारी मात्र राखनेले चलाउला Facebook र Twitter, तपाईं राजनीति गर्नेले छोडिदिनुहोस | सही परिणाम दिने कर्म मात्र सही कर्म होइन, सहि कर्म त त्यो हो जसको उदेश्य कहिलै गलत हुँदैन | मेरो उदेश्य कहिलै गलत थिएन र हुनेछैन भनेर सिद्धगर्ने तर्फ उन्मुख हुनुहोला |
पुराना पार्टिका झोलेहरुले बिचार जानेनन्, दल जाने, बिचार निर्माणको पाटोमा बहस सिकेनन्, मुड्की र लाठी सिके, देशका भएनन्, दल र नेताका भए, अनी उनिहरुमा राष्ट्र हरायो | जसले गर्दा आराजक र अशोभनिय तत्वहरुले देशमा नाटक मन्चन गरिरहे | कहिले सम्म यिनिहरुले हामी माथि कुशासन गरिरहने र हामी सहिरहने ? रबिन्द्र जि दुसित र फोहोरी राजनीतिक हर्कत देखी भ्रष्टहरुको जालोलाई नयाँ पद्दति र बिधी मार्फत क्रमभंगता नगर्ने हो भने वा इमान र सु-संस्कृत राजनैतीक एजेन्डा राज्यमा स्थापित गरेर लोककल्याणकारी राज्यको अबधारणा लागु नगर्ने हो भने, असली सम्वृद्धि र परिवर्तन आउनै सक्दैन |
त्यसैले रबिन्द्र जि मुर्त योजना र बिचार सहित जनतामाझ अन्तरक्रिया गर्ने, तिनका समस्या सुन्ने, पार्टी र कार्यकर्ता विस्तार, राजनैतीक चेतना फैलाउने काम गर्नुहोस | तपाईं राजनीतिमा आएदेखि नै तपाईंका हरेक गतिबिधीहरु जनताले नियालिरहेका छन्, बैकल्पिक शक्तिको रुपमा कल्पना गरे तर केबल सामाजिक संजाल भन्दा माथि तपाईंको नेतृत्व उभो देखिएन | तपाईंको पार्टीमा बसेर काम गर्ने इच्छा म जस्ता कयौ युबाहरुको छ तर त्यो अबसर दिन सक्नु भएन | यसको कारण के हो ? यो देश धरहरा मा सुन को गजुर लगाउनेको मात्रै हैन ३ घण्टा सम्म झोला बोकेर हिड्दा पनि आधारभुत शिक्षा नपाउनेहरुको पनि हो ! यही बुझाउनको लागि आउनुहोस अब, साथ दिने लाखौं युबाहरु छन |
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |