भारतको राजधानी दिल्लीस्थित सर गंगाराम अस्पतालमा अक्सिजन अभावका कारण २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अक्सिजन अभावका कारण ६० जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
अब दुई घण्टाका लागि पनि अक्सिजन मौज्दात नरहेको र भेन्टिलेटर र बाईपैप मेशिनले राम्रोसँग काम नगरेको अस्पतालका निर्देशकले बताएका छन् ।
अस्पतालमा रहेका ६० जनाको अवस्था अझै गम्भीर रहेको बताइएको छ ।
अस्पताल स्रोतका अनुसार गत २४ घण्टामा गंगाराम अस्पतालमा २५ जना गम्भीर प्रकृतिका कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो मृत्युको कारण अक्सिजन अभाव रहेको बताइएको छ।
मेशिनवाला भेन्टिलेटरले काम नगरेका कारण एमरजेन्सी र आइसीयूमा अहिले म्यानुअल भेन्टिलेशनको सहयोग लिनु परेको अस्पतालले जनाएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |