कोरोना संक्रमण तिब्र भएपछि बाँकेको कोहलपुरमा पनि भोलि राति १२ बजेदेखि एक सातासम्म लकडाउन गरिने भएको छ ।
कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको बैठकले वैशाख १२ गते रातिदेखि लकडाउन गर्ने व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ ।
कोहलपुर नगरपालिका क्षेत्रमा २ सय ६१ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
संक्रमितमध्ये हालसम्म ४ जनाको मृत्यु भएको छ ।
संक्रमितको उपचारका लागि कोहलपुर नगरपालिकाले एमबीएस चिकित्सकसहितको आइसोलेशन केन्द्र संचालन गर्दै आएको छ ।
केन्द्रमा ११ जना संक्रमित छन् । तिब्र रुपमा बढ्दै गएको कोरोना संक्रमणको चेन ब्रेक गर्न कोहलपुर नगर क्षेत्रमा लकडाउन गर्न लागिएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |