बुटवल लुम्बिनी प्रदेश सरकारमा सोमबार दिनभर राजनीतिक रस्साकस्सी चलेको छ । अविश्वास प्रस्तावबाट बढेको राजनीतिक गर्मि जसपाका चार सांसद मन्त्री बनेर टुंगिएको छ ।
माओवादी केन्द्र, नेपाली काङ्ग्रेस र जनता समाजबादी पार्टीका ४१ सांसदको हस्ताक्षर सहितको अविश्वासको प्रस्ताब प्रदेशसभा सचिवालयमा दर्ता भएसँगै हालबाला माओवादी केन्द्रका २ मन्त्रीले पदबाट राजीनामा दिएका थिए ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ र नगरेकी एक जसपाका सासंददले विभिन्न मन्त्रालयको जिम्मेवारी सहित शपथग्रहण गरेका छ्न ।
जनता समाजबादी पार्टी नेपालले आज नियुक्त भएका ४ जना मन्त्रीलाई पार्टिबाट निलम्बित गर्दै सरकारबाट फर्किन चेतावनी दिएको छ ।
जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादबले बिज्ञप्ति जारी गर्दै भोलि सम्ममा फर्किन आग्रह गर्दै नफर्किएमा पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन ।
सोमबार बिहानको संसदिय दलको बैठकले बहुतमसहित अविश्वासको प्रस्ताब दर्ता गर्ने भनेर हस्ताक्षर गरेपनी जसपाका ४ मन्त्रीले आजै शपथग्रहण गरेका छन ।
पार्टी अध्यक्ष यादबले मंगलबार २४ घण्टे स्पस्टिकरण माग्ने बताउदै उनले चित्तबुझ्दो नभए प्रदेश सभा सदस्य सहित पार्टिको साधारण सदस्य समेत नरहने गरि कारबाही गरिने चेतावनी दिए ।
उनले भने- ‘बिहान मात्रै अविश्वासको प्रस्ताब दर्ता गर्ने भन्ने निर्णय भयो, दिउँसो पार्टिलाई थाहै नदिइ सपथ लिनुभएछ । यो हाम्रो पार्टीको निर्णय भन्दा बाहिर छ ।’
प्रधानमन्त्री केपि शर्मा ओलीद्वारा भएको संसद बिघटनलाई असवैधानिक कदम भन्दै सडक संघर्षको अग्रणी मोर्चामा रहेर ओलि नेतृत्वको सरकारको विकल्पमा आन्दोलनकारी दलहरुसंग सहकार्य गरि नयाँ सरकार बनाउने भुमिकामा जसपा रहेको उल्लेख गर्दै लुम्बिनी प्रदेशमा रहेको शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजान नेपाली काङ्ग्रेस र माओवादी केन्द्रसंग सहकार्य गरि आज मिति २०७८ वैशाख ६गते बिहान ७:३० बजे जसपा नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता मा.सहशराम यादवको अध्यक्षतामा वैठक बसेर बहुमतबाट निर्णय भएको र यहि मात्रै आधिकारिक भएको कुरा बिज्ञप्तिमा उल्लेख छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |