रुसले चेक गणतन्त्रका २० कूटनीतिज्ञलाई आफ्नो देशबाट निकाला गर्ने घोषणा गरेको छ ।
यसअघि चेक गणतन्त्रले रुसका १८ कूटनीतिज्ञलाई शनिबार देश निकालाको घोषणा गरेको थियो ।
चेक गणतन्त्रका स्थानीय गुप्तचरले ती कूटनीतिज्ञहरु रुसी गुप्तचर गतिविधिका सञ्चालक रहेको दाबी गरेका छन् । सन् २०१४ मा सशस्त्र डिपोमा भएको बिस्फोटमा संलग्न भएको आरोपमा चेक गणतन्त्रले रुसी कूटनीतिज्ञलाई निकाला गरेको हो ।
सोमबार हुने बैठकमा युरोपियन युनियका विदेश मन्त्रीहरुले बिस्फोटलाई लिएर गरिएको दाबीका सम्बन्धमा छलफल गर्ने छन् । रुसले चेक कूटनीतिज्ञलाई देश छोड्न एक दिनको समय दिएको छ । चेक गणतन्त्रले भने रुसी कूटनीतिज्ञलाई ७२ घण्टाको समय दिएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |