सर्वोच्चको अदालतमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त हुनु भएको छ । संसदीय सुनुवाईपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज उहाँहरुलाई न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |