६ बैशाख, काठमाडौं। एजेन्सी- अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट छ महिना पछि तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन् । यीमध्ये एक अमेरिकी तथा दुई रुसी नागरिक हुन् ।
सोयुज अन्तर्राष्ट्रिय यान शनिबार अन्तर्राष्ट्रिय समयानुसार चार बजेर पचपन्न मिनेटमा कजाकस्तानको स्पेटीजमा ओर्लिएको थियो । यसमा नासाका केट रुबिन्स तथा रुसका सर्गेइ रझिकोभ तथा सर्गेइ कुद स्वेरचकोभ फर्किएका हुन् ।रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका प्रमुख दमित्री रागजिनका अनुसार यानबाट उत्रिएपछि तीनै जनाको अवस्था ठिक छ । साथै उनीहरुले आफूहरुलाई गुरुत्वको हिसाबमा ढाल्न सुरु गरिसकेका छन् ।
यात्रीहरुले आफ्नो अनुभव एकदमै राम्रो रहेको पनि बताए । यी तीन यात्रीहरु १४ अक्टोबरमा पृथ्वीको तल्लो कक्षमा चक्कर काटिरहेको प्रयोगशाला परिसरमा (iss ) पुगेका थिए । त्यहाँ उनीहरुले अन्तरिक्षसँग सम्बन्धित अध्ययन गरेका थिए । अहिले अन्तरिक्ष स्टेशनमा सातजना यात्री रहेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |