हुरीबतासले धादिङको त्रिशूली नदीमा निर्माणाधीन पक्की पुल भाँचिदिएको छ ।
शनिबार साँझ आएको हुरीबतासले गल्छी गाउँपालिका–४ मासटार र वडा नं. २ केउरेनीटार जोड्ने त्रिशूलीनदी माथि निर्माणाधीन पुल भाँचिदिएको हो ।
पुलको दायाँ भाग आरसीसी थियो भने बायाँपट्टिको भाग स्टिलको थियो ।
पुलको बायाँ भाग ८० मिटर लामो स्टिल जडान गरी रंगरोगन गरिसकेको थियो ।
उक्त पुल निर्माण गर्न २३ करोड ७५ लाखमा २०७३ साल असार ३० गते तुदी, लामा र सपनाले संयुक्तरूपमा सम्झौता गरेका थिए । सम्झौताअनुसार २०७७ मंसिर १३ गते सम्पन्न गर्नुपर्ने थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |