कोरोना भाइरसको संक्रमण फेरि फैलिएपछि चिकित्सकहरुले बालबालिकालाई बाहिर नलैजान आग्रह गरेका छन्।
बाल स्वास्थ्य चिकित्सकहरूको संस्था नेपाल पेडियाट्रिक सोसाइटीले कोभिड–१९ को संक्रमणबाट बालबालिकालाई जोगाउन पाँच बुँदे अपिल जारी गरेको छ ।
आइतबार विज्ञप्ति निकालेर सोसाइटीले अति आवश्यक कामबाहेक आफू र आफ्ना बालबालिकालाई घरबाहिर नलैजान आग्रह गरेको छ । केही गरी जानुपरेमा मास्क लगाउन, सामाजिक दूरी कायम राख्न र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |