प्रदेश नं. १ मा आइतबार ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा ६, झापामा १ र प्रदेश १ बाहिरका ७ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १२ महिला र १५ पुरुषसहित २७, बुढीगंगा र कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ३, बर्जु, इनरुवा र हरिनगरमा १–१, झापाको अर्जुनधारामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६४७ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितहरु २६६ जना रहेका छन् ।
प्रदेश १ मा आइतबार ३३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १८ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोशी कोभिड उपचार केन्द्र विराटनगरमा १० जना संक्रमितको उपचार भइरहेको सो उपचार केन्द्रले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |