कोरोना भाइरस सक्रंमणबाट एक महिलाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका –९ का ५८ वर्षीय महिलाको मृत्यु भएको हो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण उनको आज (आइतबार) दिउँसो मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए।
पौडेलका अनुसार कोरोना र दमका कारण गम्भिर विरामी भएपछि केही दिनअघि प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |