पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४३५ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ। काठमाडौंमा ३२६,ललितपुरमा ६४ र
भक्तपुरमा ४५ जना गरी ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।
यस्तै पछिल्लो २४ घन्टामा मुलुकभर थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता
डा. जागेश्वर गौतमका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जनामा र ६९९ जनाको एन्टिजेन परीक्षण गराउँदा ८१ जना गरी १ हजार ९६ जनामा
कोरोना संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घन्टामा २६२ जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार हाल ६ हजार २९० कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै हाल ८५ जना क्वारेन्टाइनमा र ६ हजार २९० जना आइसोलेसनमा छन्। ११६ जना
आइसीयूमा र ४६ जना भेन्टिलेटरमा उपचार भइरहेको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |