नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली नेतृत्वको सरकार छिट्टै ढल्ने बताएका छन् । प्रचण्डले यो सरकार निरकुंश, स्वाच्छाचारी भएकोले यो सरकारलाई ठेगान लगाउने अन्तिम तयारीमा आफूहरु रहेको बताए । उनले यो विषयमा दलहरुसँग छलफल भईरहेको बताए ।
कर्णाली सरकार अपदस्त गर्न खोज्ने ओली सरकारको हालत अब अन्य प्रदेश र केन्द्रमा पनि हुने उनले बताए । उनले अब केही दिनमा यो हालत हुने उनले बताए ।
केही दिनमा नयाँ सरकार गठन हुने उनले बताए । सत्ता समीकरणबारे आज बेलुका दलहरुसित बैठक रहेको समेत उनले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |